काठमाडौं । काठमाडौंको भूतखेलमा एक सय जनाको सहभागितामा सरसफाइ तथा सामग्री वितरण कार्यक्रम गरिएको छ ।
शनिबार भूतखेल जुम्बा योग परिवारका सदस्यको रोहवरमा इन्द्रायणी सामुदायिक वनमा सरसफाइका साथै डष्टबिन, सिठे कुचो र मास्क हस्तान्तरण गरिएको हो ।
 योग परिवारको रोहवरमा लायन्स क्लब अफ काठमाडौं नेपालय र लिओ क्लब अफ काठमाडौं नेपालयले सामग्री हस्तान्तरण गरेको लायन्स क्लबका सचिव भुवन श्रेष्ठले जानकारी दिए । तीन वटा डष्टबिन वितरण गरिएको कार्यक्रममा टोखा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष रमेश डंगोल पनि सहभागी थिए ।

रिजोन जोन चियर पर्सन उपेन्द्र कुमार पौडेल, जोन चियर पर्सन सहश्रा पौडेल, लायन्स क्लब अफ काठमाडौं नेपालको अध्यक्ष सपना न्यौपाने पौडेल,सचिव भुवन श्रेष्ठ कोषाध्यक्ष धनु गुरूङ, भुतखेल जुम्बा योग परिवारको तर्फबाट अध्यक्ष बुद्ध श्रेष्ठ, संरक्षकहरू गुरू अंकिता सिलवाल खनाल, एल बि रायमाझी, भुवन श्रेष्ठ, दिनेश प्रसाद सिटौला लगायतले इन्द्रायणी भुतखेल सामुदायिक वन समुहका अध्यक्ष सुर्यमान डंगोललाई ती सामग्री हस्तान्तरण गरेका हुन् । केही हप्ताअघि योग परिवारले एक सय बीस जनाको निःशुल्क स्वास्थ्य परीक्षण शिविर गरेको थियो ।
कार्यक्रममा क्लबका रिजनल चियर पर्सन उपेन्द्र कुमार पौडेल, जोन चेयरपर्सन सहर्ष पौडेल, लियो गभर्नर अभय थापा, क्लबका पिभिएसटी टिम र सदस्यको साथै भूतखेल जुम्बा योग परिवारका संयोजकहरू गुरू अंकिता सिलवाल खनाल, लाल बहादुर रायमाझी, भुवन श्रेष्ठ र दिनेश प्रसाद सिटौलाका साथै सदस्यहरु तथा टोखाका स्थानीय बासिन्दा र बुद्धिजीविहरुको पनि उपस्थिति थियो ।


		
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
