काठमाडौं । सरकारले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन १६ गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले आगामी मंसिर १६ मा उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि आइतबार नै आयोगका पदाधिकारीहरुले आइतबार प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकलाई भेटेर उपचुनावको मिति सुझाएका थिए । उक्त सुझाव अनुसार नै सरकारले निर्णय गरेको हो । निर्वाचन आयोगका अनुसार ३ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष सहित ३९ पद रिक्त छ ।
काठमाडौंको कीर्तिपुर नगपालिका तथा मोरङको ग्रामनाथ र दैलेखको महाबु गाउँपालिकाको प्रमुख पद रिक्त छ । दोलखाका गौरीशंगर, कालीकोटको नलगाड र डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिकाको उपप्रमुख पद पनि रित्त रहेको छ ।
रुकुम पुर्वको पुथा गाउँपालिककी उपप्रमुख भुपेन्द्र बुढाको शुक्रबार मात्र सवारी दुर्घटनामा निधन भएको छ । पद रिक्त भएको औपचारिक जानकारी आए त्यहाँ पनि मंसिर १६ मै उपचुनाव गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।