काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेका छन्। संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल शुक्रबार अमेरिका प्रस्थान गरेका हाे।
आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई बिदाई गर्न सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पाैडेल र उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह पुगेका थिए। प्रधानमन्त्री ओली ८ असोजमा अमेरिकाको न्यूयोर्कमा सुरु हुने राष्ट्रसंघको महासभाको उद्घाटन समारोहमा सहभागी हुनेछन्।
प्रधानमन्त्रीको भ्रमण टोलीमा पत्नी राधिका शाक्य पनि छन्। प्रधानमन्त्री ओली अमेरिका भ्रमणबाट १४ असोजमा स्वदेश फर्किनेछन्।