काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोरखा मिडिया नेटवर्क प्रालिका सञ्चालक छविलाल जोशीलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
आइतबार काठमाडौंबाट पक्राउ गरेर सोहि दिन साँझ पोखरा ल्याइएका उनलाई सोमबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो। जोशीलाई जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले थप ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको कास्की प्रहरीले जनाएको छ।