काठमाडौं । प्तकोशीमा खसेको बसबाट २० जनाको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार नदीमा खसेकाे बसबाट २० जनालाई उद्धार गरेर उपचारका लागि पठाइएकाे छ ।
विराटनगरबाट उदयपुरको गाईघाटतर्फ जाँदै गरेको को २ ख ४६०१ नम्बरको बस कोशी ब्यारेज पुलकाे ३५ नम्बर ढोकाबाट नदीमा खसेको थियाे । तीव्र गतिमा रहेकाे बस साझ ६ बजे चिप्लिएर नदीमा खसेकाे थियाे । बसमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन ।