काठमाडौं । बाढीपहिरोका कारण धादिङ जिल्लाको झ्याप्ले खोलामा पहिरोले पुरिएका बसबाट १४ जनाको शव निकालिएको छ। लु.१ ज. ४५७८ नम्बरको माइक्रो बसबाट ५ वटा र नम्बर नखुलेको बसबाट ९ जना गरी जम्मा १४ जनाको शव निकालिएको प्रहरीले जनाएकाे छ ।
शव हाल घटनास्थलमा राखिएको छ। अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ। आज बिहान बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको बससहित तीनवटा सवारीसाधन पहिरोमा पुरिएका थिए।
देशका विभिन्न भेगबाट राजधानी काठमाडौँ प्रवेश गर्ने नौबीसे–नागढुंगा सडक ठाउँ ठाउँमा पहिरो गएपछि बिहीबार साँझदेखि अवरुद्ध छ।