काठमाडौं । टोखा–छहरे सडक खण्डमा हायस दुर्घटना भएको छ । काठमाडौंबाट नुवाकोट हुँदै पोखरा जाँदै गरेको ग १ ख ४५३५ नम्बरको हायस गाडी अदुवाबारि मोडमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा १२ जना घाइते भएको प्रहरीले जनाएको छ । दुईजनाको अवस्था भने गम्भीर रहेको छ । घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।