लमजुङको क्व्होलासोथार गाउँपालिकाका अध्यक्ष सुर्यप्रसाद गुरुङलाई धेरैले कर्मठ, उर्जाशील, र विकासप्रेमी युवा नेतृत्वको रूपमा चिन्छन् । उनी २०७९ सालको स्थानीय तहको चुनावमा निर्वाचित भएदेखि नै गाउँपालिकाको समग्र विकासमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन् । सुर्यप्रसादको नेतृत्वले गाउँपालिकामा मात्र होइन, समग्र क्षेत्रमा विकास र सेवाको उदाहरणीय नमूना प्रस्तुत गरेको छ ।
सुर्यप्रसादको शैक्षिक र व्यवसायिक पृष्ठभूमि
सुर्यप्रसादको शैक्षिक पृष्ठभूमि सुदृढ छ । उनले स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका छन्, जसले उनलाई ज्ञान र नेतृत्वको धरातलमा अझ सबल बनाएको छ ।
उक्त अध्ययनले उनले प्रशासनिक र आर्थिक व्यवस्थापनमा गहिरो ज्ञान प्राप्त गरेका छन् । यसअघि उनी बित्तीय संस्थामा वरिष्ठ अधिकृतको रूपमा कार्यरत थिए जसले उनलाई वित्तीय अनुशासन र कार्यक्षमतामा अझ निपुण बनायो ।
यसै अनुभवको आधारमा उनले गाउँपालिकाको आर्थिक स्रोतको सही व्यवस्थापन गर्दै विकास योजनाहरूमा तीव्रता दिएका छन् ।
सुर्यप्रसाद गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख स्वकीय सचिव पनि रहेका थिए ।
यो जिम्मेवारीले उनलाई प्रदेश सरकारको नीति, कार्यान्वयन प्रक्रिया र जनतासँगको समन्वयलाई नजिकबाट बुझ्ने अवसर प्रदान गर्यो । यसबाट प्राप्त ज्ञान र अनुभवलाई उनले गाउँपालिकाको विकास र जनसेवामा कुशलतापूर्वक प्रयोग गर्दै आएका छन् ।
निष्ठावान नेतृत्व
अध्यक्ष गुरुङले आफूलाई सधैं निष्ठाको पर्यायवाचीको रूपमा स्थापित गरेका छन् । गाउँपालिकाको कार्यपालिका बैठक प्रत्येक महिना संचालन हुन्छ अन्य पालिकाहरुमा कार्यापालिका सदस्यहरुले बैठक भत्ता बुझने गरेको पाइन्छ तर क्व्होलासोथार गाउँपालिकामा कुनै पनि कार्यपालिका सदस्यहरुले बैठक भत्ता बुझेका छैनन् ।
उनी भन्छन्,’हाम्रो पालिकाले बैठक भत्ता जोगाएर राष्ट्रको ढुकुटीमा जम्मा हुनु नै हाम्रो गौरव हो । साथै यदि नियम अनुसार कार्यक्रममा उपस्थित भए अनुसार भत्ताका रूपमा पाउनुपर्ने केही रकम भए पनि फिर्ता गर्नु पर्ने रकम भए उनले पाँच रुपैयाँसम्म फिर्ता गर्न पछि पर्दैनन् ।’
यो दृष्टान्तले उनलाई इमानदार नेतृत्वको रूपमा मात्र नभई सेवा नै आफ्नो कर्तव्य ठान्ने अभियन्ता रूपमा परिचित गराएको छ ।
विकास र सेवाप्रतिको दृष्टिकोण
सुर्यप्रसाद गुरुङको प्रमुख विशेषता भनेको उनी विकासप्रेमी र जनताप्रति समर्पित रहनु हो । उनी भन्छन्,‘थुप्रै पैसा कमाउने अवसरहरू त्यागेर समाजसेवा र जनताको सेवामा लागेको छु ।’
उनका यी शब्दहरूमा मात्र होइन कार्यहरूमा पनि स्पष्ट देख्न सकिन्छ । अध्यक्ष भएपछि उनले गाउँपालिकामा विकासको नयाँ खाका तयार पारेका छन् ।
क्व्होलासोथार गाउँपालिका भूगोलले बाँडिएको छ । मिदिम खोलाले गाउँपालिकालाई दुई भागमा विभाजन गरेको छ । खोलाको वारी पट्टिका ४ वटा वडा र पारिपट्टीका ५ वटा वडा रहेका छन् । खोलापारिका वडाहरूमा विकासका गतिविधिहरू पुर्याउन कठिनाइ हुने गथ्र्यो ।
विशेष गरी यातायातको समस्या ठूलो थियो। बर्खायाममा बाटो बन्द हुने, पहिरो जाने, र विभिन्न चुनौतीहरूले गर्दा खोला पारीका वडाहरूमा सहज रूपमा यातायात सेवा पुग्न सक्दैन थियो । तर सुर्यप्रसाद गुरुङको नेतृत्वमा यी समस्याहरू समाधान गर्दै १२ महिना सबै वडामा यातायातको सुविधा उपलब्ध गराइएको छ ।
यसले आकस्मिक बिरामी, गर्भवती महिला र अन्य समस्या झेलिरहेका जनताका लागि सहजता ल्याएको छ । त्यसैगरी भौतिक विकास सँगसँगै अध्यक्ष गुरुङले खेलकुदलाई पनि उत्तिकै जोड दिएको पाइन्छ किन भने प्रत्येक बर्ष पालिका अन्तर्गत अध्यक्ष कप फुटबल प्रतियोगिता पनि संचालन गरेका छ ।
विपद् व्यवस्थापन र अध्यक्षको समर्पण
अध्यक्ष सुर्यप्रसाद गुरुङ विपद् व्यवस्थापनमा पनि अग्रसर छन् । प्रत्येक आपत विपदलाई प्राथमिकतामा राखी आवश्यकता अनुसार बजेट बनाउने गर्छन् । बर्खायाममा जहाँ पहिरो जान्छ त्यहाँ अध्यक्ष गुरुङ सधैं पहिला पुग्छन् ।
पहिरोको असरबाट प्रभावित वडाहरूमा तुरुन्तै पुगेर जनताको पीडामा सहभागी हुनु, समस्याको समाधान खोज्नु र राहत व्यवस्थापनमा अग्रसर रहनु उनको विशेषता हो ।
यस्ता घटनाहरूमा उनी आफैं उपस्थित हुने भएकाले जनतामा उनीप्रतिको विश्वास र सम्मान झनै बढेको छ । अध्यक्ष गुरुङको सेवामा समर्पण केवल विकास र विपद् व्यवस्थापनमा मात्र सीमित छैन । सुत्केरी महिला, आकस्मिक बिरामी र सामाजिक कार्यमा समेत उनले आफ्नो सेवा सुविधाको लागि उपलब्ध गरिएको गाडीमार्फत सेवा उपलब्ध गराउँदै आएका छन् ।
गाउँपालिकाले अध्यक्षको सेवा सुबिधाको लागि राखेको सरकारी गाडीले तीव्रताका साथ सेवा पु¥याउन कुनै समस्या नरहेको उनी बताउँछन् ।
यस्तै घटनालाई आधार मानेर एक व्यक्तिले प्रश्न गर्छन्, तपाइँलाई कुनै बेला यस्तो अवस्था आउन सक्छ कि कुनै कार्यक्रममा अनिवार्य उपस्थिति गर्नुपर्नेछ । त्यसैबेला आकस्मिक फोनमार्फत कुनै बिरामीको उद्धार गर्नु पर्ने भयो भने के गर्नुहुन्छ ? यो प्रश्न गर्न नपाउँदै अध्यक्ष सुर्यप्रसाद उत्तर दिन्छन् । म मेरो आफ्नै बाइकमा यात्रा गर्छु मलाई कुनै दुविधा छैन म बाइक चलाउँछु परि आए चालक नभएको बेला पनि म आफै गाडी चलाएर कार्यक्रम सहभागी भएको छु । यो कदमले समाजमा उनीप्रतिको सम्मानलाई अझै मजबुँद बनाएको छ ।
गुणस्तरीय सेवा र प्रशासनिक सक्षमता
सुर्यप्रसाद गुरुङ गाउँपालिकामा कतिको गुणस्तरीय सेवा उपलब्ध भइरहेको छ भन्ने कुरामा विशेष ध्यान दिन्छन् । विभिन्न शाखाहरूको नियमित अवलोकन गर्दै उनले जनतालाई प्रदान गरिने सेवाको गुणस्तरलाई सुनिश्चित गर्ने काम गरेका छन् ।
कुनै पनि शाखामा हुने सेवाको कमीकमजोरीलाई सुधार्न, कर्मचारीहरूको कार्यक्षमता मूल्याङ्कन गर्न र समयमै कार्यालयमा उपस्थित हुन नसक्ने कर्मचारीहरूसँग स्पष्टीकरण सोध्न समेत पछि पर्दैनन् । यसले गर्दा उनी एक सच्चा प्रशासनिक नेतृत्व पनि हुन् भन्ने बुझ्न सकिन्छ । उनले मात्र जनताका लागि नीति बनाउने होइन, ती नीतिहरूलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नका लागि पनि पहल गर्छन् ।
स्वास्थ्य कार्यक्रमहरूमा तथ्यांकको विश्लेषण र कार्यान्वयनमा उनी गहिरो ज्ञान र अनुभवको आधारमा छलफल गर्न सक्षम छन् । स्वास्थ्य सेवाका लागि कति जनशक्ति आवश्यक छ, कुन क्षेत्रमा कस्तो कार्यक्रम ल्याउनुपर्छ भन्नेमा उनी सहजै छलफल तथा विश्लेषण गर्न सक्ने क्षमता राख्छन् ।
अपाङ्गता भएका व्यक्ति र गरिबहरूको अभिभावक
सुर्यप्रसाद गुरुङ अपाङ्गता भएका व्यक्ति र गरिबहरूको लागि विशेष ध्यान दिने व्यक्ति हुन् । क्व्होलासोथार गाउँपालिका अन्तर्गत अवस्थित गरिब तथा विपन्न नागरिकहरुलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम पनि आफ्नो पालिकामा लागू गरेका छन् ।
उनले आफ्नो नेतृत्वमा यी असहाय वर्गहरूलाई पहिलो प्राथमिकतामा राख्दै सेवा पु¥याएका छन् । गत आवमा गाउँपालिका अन्तर्गत रहेका अपाङ्ग भएका व्यक्तिहरुलाई प्रत्येक वडामा गएर जाडो मौसमलाई मध्यनजर गरी न्यानो कपडा वितरण गरेका थिए ।
विकासका योजनाहरूमा अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकतालाई ध्यानमा राख्नुपर्छ भन्ने उनको ध्येय छ । यसले गर्दा गरिब र असहाय जनताले गाउँपालिकामा आफ्नो आवाजलाई सुरक्षित रूपमा अध्यक्ष सुर्यप्रसाद गुरुङको कार्यकक्षमा नै प्रस्तुत गर्न पाएका छन् ।
अध्यक्षको भिजन र दूरदर्शिता
सुर्यप्रसादको भिजन भनेको गाउँपालिकालाई विकासको नमूनामा बदल्नु हो । उनी भन्छन्, ‘गाउँपालिकालाई आत्मनिर्भर बनाउने र यहाँको जनतालाई सुशासनको अनुभव गराउने मेरो प्रमुख ध्येय हो।’ यातायातको विकास, स्वास्थ्य सेवा, शिक्षा, पर्यटन र विपद् व्यवस्थापनमा उनले देखाएको दक्षता र तत्परता प्रशंसनीय छ ।
उनको विकास भिजनले गाउँपालिकाका सबै वडाहरूलाई समेटेको छ। चाहे खोलापारिका दुर्गम वडा हुन् या सहर नजिकका वडा, सबैलाई समान रूपले विकासको लहरमा सामेल गर्न उनले ध्यान दिएका छन् । उनका लागि विकास भनेको केवल पूर्वाधार निर्माण मात्र होइन, जनताको जीवनस्तर सुधार गर्नु पनि हो । त्यसैले आफ्नो कार्यकालमा उनले अपाङ्गता भएका व्यक्तिहरू, गरिब र अन्य पिछडिएका वर्गहरूलाई विकासको मूलधारमा ल्याउन प्रतिबद्धता गरेका छन् ।
निष्कर्ष
सुर्यप्रसादले क्व्होलासोथार गाउँपालिकामा विकासको नयाँ यात्रा सुरु गरेका छन् । चाहे यातायातको सुविधा पु¥याउने होस्, चाहे विपद् व्यवस्थापनमा अग्रसर रहनु होस्, चाहे स्वास्थ्य सेवामा सुधार ल्याउनु होस्, उनी सबै क्षेत्रमा सफल नेतृत्वकर्ता बनेका छन् । उनको निष्ठा, इमानदारी, र समाजसेवामा समर्पणले उनलाई जनताको प्रिय नेता बनाएको छ ।
विकासप्रेमी, उर्जाशील, र कर्मनिष्ट दर्शनबाट प्रेरित सुर्यप्रसाद गुरुङले गाउँपालिकालाई नयाँ उचाइमा पुर्याउन खेलेको भूमिका प्रशंसनीय छ । उनको नेतृत्वले गाउँपालिकाको भोलिका दिनहरूलाई अझ उज्यालो बनाउने छ भन्नेमा कुनै शंका छैन ।