काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि अमेरिका, जर्मनी, साउदी अरब र अष्ट्रेलियाका राजदूतको शपथ गराएका छन् । आइतबार बिहान शीतलनिवासमा आयोजित समारोहमा उनले सपथ गराएका हुन् ।
अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, जर्मनीका लागि डा. शैल रुपाखेती, साउदी अरबका लागि डा. नरेशविक्रम ढकाल र अष्ट्रेलियाका लागि चित्रलेखा यादव नियुक्त भएका थिए ।