काठमाडौं । नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच जङ्गबहादुर चौहान,चन्द्रकुमार घिमिरे, शनिल नेपाल, शिवमाया तुम्बाहाङ्फे र डा. शंकर प्रसाद शर्मालाई शपथ खुवाएका हुन् ।
केहिदिन अघि राष्ट्रपतिले चौहानलाई रुस, घिमिरेलाई ब्रिटेन, नेपाललाई स्पेन, तुम्बाहाङ्फेलाई कोरिया र शर्मालाई भारतको राजदूतमा नियुक्त गरेका थिए । उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।