जनक श्रेष्ठ
लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशलाई खेलकुद पर्यटनको माध्यमबाट पनि चिनाउने प्रयात्नमा प्रदेश सरकार रहेको बताएका छन् । त्रिवेणी युवा क्लब बेसिशहरको आयोजनामा सहजी खेलमैदानमा भएको ३२ त्रिवेणी कपको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।
पर्यटकको राजधानी पोखरा परिचित रहेपनि यस प्रदेश भित्र विभिन्न खेलकुद हुने र पर्यटन खेलकुदको राम्रो सम्भावना रहेकाले प्रदेश सरकारले यसमा लागिपरेको उनको भनाइ छ । उनले यस खेलले राष्ट्रिय खेलाडी उत्पादन गर्न, लमजुङमा आर्थिक समृद्ध गर्न यस प्रतियोगिताले केही न केही सहयोग पुगेको उनको बताए । जुन बेलासम्म खेलकुदका गतिविधि भइरहेन्छ त्यति बेलासम्म यहाँका बजारहरु चलायमान भइरहने उनको भनाइ छ ।
त्यसैले यस्ता खेलकुदका माध्यमबाट स्थानीय स्थरमा खेलकुद संचालन गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड दिए । त्यस्तै उनले खेलकुदका माध्यममा लागेर विगतमा खेलाडी भएर बाच्नु कठिन भएपनि अहिले त्यस्तो अवस्था नरहेको र यसले नाम पनि दाम पनि कमाउन सक्ने अवस्था रहेकोले यसमा दक्ष र सक्षम भएर खेलमा लाग्नुपर्नेमा जोड दिए ।
त्यस्तै, उनले भने,‘गण्डकी प्रदेश सरकारले खेलकुदलाई प्राथमिकतामा राखेर विभिन्न खेलकुद आयोजना गर्ने सहयोग गर्ने, खेलकुद मैदान निर्माण कार्य भइरहेको छ । खेलकुद पर्यटनको माध्यमबाट पनि गण्डकी प्रदेशलाई चिनाउने प्रयात्न छ । गत वर्ष मात्र पोखरालाई पर्यटकको राजधानी घोषणा गरेको र सो घोषणा गर्नु पोखराका लागि मात्र नभई प्रदेशलाई नै विविध गतिविधि बढाउनएर घोषण गर्ने लक्ष्यमा सरकार छ । सो अनुरुप नै स्थानीय र प्रदेश सरकार मिलेर पर्यटन, खेलकुद क्षेत्र र आर्थिक गतिविधिका क्षेत्रमा काम गर्नपर्नेछ ।’
यसका लागि एकता समन्वय र सहकार्य गरेर अघि बढ्ने उनको भनाइ छ । पर्यटकको माध्यमबाट प्रदेश चिनिदैछ यसलाई अझै चिनाउने उद्देश्य छ । हरेक वर्ष खेलकुदको आयोजना गरेर नयाँ उर्जा ,उत्साह सिर्जना, नयाँ खेलकुदको आयोजना गर्ने काम सरकारले गरिरहेको उनको भनाइ छ ।
त्यस्तै, मुख्यमन्त्री पाण्डेले लमजुङको सहजी खेलमैदान विस्तारको लागि प्रत्येक वर्ष १० लाख जुन सरकार आएपनि प्राप्त गर्ने गरी प्रदेशको रातो किताबमै व्यवस्था गरेको बताए । त्यस्तै, सो मैदान विस्तारका लागि प्रदेश सरकारले सहयोग गर्छ, जग्गाको व्यवस्थापन नगरपालिकाको योजनाको लागि सहयोग गर्नेछु मैले पहिला भनेको थिए । अहिले पनि २० लाख रुपैयाँ विनियोजन भएको र हाल १० लाख उपलब्ध भइसकेको र १० लाख विविध कारणले ढिलाई भइररहेपनि चाडै उपलब्ध गराउने उनले बताए ।
त्यस्तै, बेसिशहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले सहजी खेलमैदान विस्तार गर्न आवश्यक रहेकाले यसमा सबैको सहयोग जरुरी रहेको बताए । कार्यक्रममा गण्डकी प्रदेशका वन तथा बातावरणमन्त्री एवं सो आयोजक क्लबका पूर्वअध्यक्ष भेषबहादुर पौडेल, प्रदेश सभा सदस्य टिका बस्याल लगायत जिल्लाका विभिन्न पालिका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।