काठमाडौं । जनसंख्याविद् तथा जनसंख्या विश्लेषकहरूले निजामती सेवामा अवकाश उमेर बढाउन सुझाव दिएका छन् । बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनीहरूले यस्तो कानुनी व्यवस्थाका लागि आग्रह गरेका हुन् ।
नेपालीहरूको औसत आयु बढेको कारण र छिटो अवकाश दिादा राज्यलाई भार पर्ने लगायतका आधारमा समेत कर्मचारीको अवकाश उमेर बढाउन उपयुक्त हुने उनीहरूको राय छ ।
राज्य व्यवस्था समितले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी विधेयक’बारे छलफल गर्न जनसंख्याविद्हरूलाई बोलाएको थियो ।
छलफलमा त्रिभुवन विश्वविद्यालयमा जनसंख्यामा एमफिल पीएचडी गर्दै गरेका जनसंख्या विश्लेषक चेतन अधिकारीले अवकाशको उमेर ६३ वर्षदेखि ६५ वर्षसम्म पुर्याउन सुझाव दिए ।