काठमाडौं । प्रतिनिधि सभाको बिहीबारको बैठकमा अध्यादेश अस्वीकार गर्ने सांसदहरुको तर्फबाट एक जनाले सामुहिक रुपमा प्रस्ताव पेश गर्ने कार्यसूचि तय भएको छ ।
अस्वीकार गर्ने सांसदहरुको तर्फबाट एक जना प्रश्तावक बनेर अध्यादेशको अस्वीकारको प्रस्ताव गर्ने र प्रस्तावकलाई ५ मिनेटको समय तय गरिएको कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बताए।
सभामुखसँगको छलफलपछि बुधवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बैठकमा अन्य समर्थकहरुलाई बोल्नका लागि तीन÷तीन मिनेटको समय छुट्याइएको बताए।