काठमाडौं । काठमाडौं टोखामा प्रहरीको गोली प्रहार गर्दै एक भारतीय सुटरलाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली प्रहार गरेर भारतीय सुटर गुड्डु पटेललाई पक्राउ गरिएको हो। उनलाई पक्राउ गर्न चार राउन्ड गोली चलाएको थियो। गुड्डुलाई खुट्टामा गोली लागेको छ। उनलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ।
२०७९ असोज ३ मा काठमाडौंको गोठाटारमा लाल मोहम्मदको गुड्डुले गरेका थिए। लाल मोहम्मदको हत्या गर्दा गोली प्रहार गर्ने दुई जनामध्ये गुड्डु एक हुन्। उनलाई पक्राउ गर्न प्रहरीले सुरुमा दुई राउण्ड हवाई फायर गरेको थियो। भाग्न थालेपछि थप दुई राउण्ड गोली प्रहार गरेको हो। मोहम्मदको हत्या गर्ने योजनाकार मध्येका बब्लु पासवानलाई प्रहरीले २०८१ वैसाखमा पक्राउ गरेको थियो।