काठमाडौं । सर्वोच्च अदालतका लागि सिफारिस गरिएका तीन न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा पाँच वटा उजुरी परेको छ। बिहीबार सिंहदरबारमा बसेको बैठकमा उजुरीहरू खोलीएको समितिकी सभापति ईश्वरी देवी न्यौपानेले जानकारी दिइन्।
तीन जना प्रस्तावित न्यायाधीश—वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, जनकपुर उच्च अदालतका प्रमुख न्यायाधीश श्रीकान्त पौडेल र दिपायल उच्च अदालतका प्रमुख न्यायाधीश शान्तिसिंह थापाविरुद्ध उजुरी परेको हो।
समितिले उजुरीकर्तालाई शुक्रबारको बैठकमा बोलाएको छ भने न्यायाधीशहरूको संसदीय सुनुवाइ असार १५ गते हुने तय भएको छ। न्याय परिषद्को सिफारिसमा आएका न्यायपरिषद् सदस्य महेश कुमार नेपालविरुद्ध भने कुनै उजुरी नपरेको समितिले जनाएको छ।