काठमाडौं । निर्वाचन आयोगले विभिन्न तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीस्वरुप नाम दर्ता छुट भएकालाई लक्षित गर्दै मतदाता नामावली दर्ता गराउन सूचना जारी गरेको छ।
निर्वाचनको मिति घोषणापछि मतदाता नामावलीमा नाम दर्ता गराउन नपाइने भएकाले आज नाम दर्ताका लागि सूचना प्रकाशित गरिएको आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले बताएका हुन्।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीले गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर रिक्त विभिन्न पदमा उपनिर्वाचन मिति तोक्नेबारे छलफल गरेका थिए।
स्थानीय तहमा एक दर्जन बढी वडाध्यक्ष पद रिक्त रहेको आयोगले जनाएको छ।
यस्तै, हाल प्रतिनिधिसभा रुपन्देही ३, गण्डकी प्रदेशसभा मनाङ क्षेत्र (ख) रिक्त छ। रुपन्देही ३ मा राप्रपा सांसद दीपक बोहराको निधन र मनाङ क्षेत्र (ख) का प्रदेशसभा सदस्य दीपक मनाङेको सांसद पद खारेजपछि पद रिक्त रहेको हाे।