काठमाडौं । नेपाल सरकारले १४ जना उपसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार सार्वजनिक गरेको निर्णयअनुसार उपसचिवहरूको विभिन्न स्थानमा सरुवा गरिएको हो।
मन्त्रालयका अनुसार सरुवा गरिएकामध्ये ११ जना मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिव, एक जना प्रमुख प्रशासकीय अधिकृत, र दुई जना जिल्ला समन्वय अधिकारी रहेका छन्।
यीमध्ये ७ जना उपसचिवलाई विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको छ। बाँकी उपसचिवहरूलाई अन्य प्रशासनिक जिम्मेवारीमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।
यसअघि, बुधबार मन्त्रालयले ११४ जना शाखा अधिकृत र ४ जना विधिक सेवाका उपसचिवको पनि सरुवा तथा पदस्थापन गरेको थियो।
संघीय मामिला मन्त्रालयले प्रशासनिक सेवा सुदृढ बनाउँदै जनसरोकारका काममा गति ल्याउन नियमित रूपमा सरुवा प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ।