काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले आज अध्यक्ष पदबाट राजीनामा दिएका छन्। केन्द्रीय समितिको आज आयोजित विशेष विस्तारित बैठकमा अध्यक्ष भट्टराईले पद त्यागको घोषणा गरेका हुन्। पार्टी प्रवक्ता कृष्ण शर्माका अनुसार, जेनजी आन्दोलनपछि पार्टीको रूपान्तरण र पुनर्गठनको लागि डा. भट्टराईले यो निर्णय गरेका हुन्।
बैठकमा केन्द्रीय तहका सबै सदस्यहरू, प्रदेश संयोजकहरू र जिल्ला संयोजकहरूको उपस्थिति रहेको थियो। यस निर्णयपछि पार्टी भित्र आगामी महाधिवेशन र नेतृत्व पुनर्संरचना प्रक्रियाका लागि तयारी सुरु हुने अपेक्षा गरिएको छ।