काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश गम्भीर राजनीतिक संकटमा परेको बताएका छन्। उनले स्वाधीनता र स्वतन्त्रतामाथि अहिलेजस्तो दबाब कुनै पनि पुस्ताले नदेखेको दाबी गरे।
शुक्रबार काठमाडौंमा सम्पादकहरूसँगको अन्तर्क्रियामा प्रचण्डले भने, “स्वाधीनता र लोकतन्त्रका लागि ऐतिहासिक एकता अब अपरिहार्य बनेको छ।”
उनले आफ्नो प्रधानमन्त्री कार्यकालको स्मरण गर्दै विचौलियाहरूको अत्यधिक सक्रियता देखिएको बताए। “म प्रधानमन्त्री हुँदा विचौलियाहरूको बिगबिगी थियो, तर म कहिल्यै झुकेँन,” उनले भने।
प्रचण्डले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति पनि कटाक्ष गर्दै भने, “ओलीजीमा अझै अहंकार नघटेको देखिन्छ।”
उनका अनुसार वर्तमान राजनीतिक परिस्थितिबाट बाहिर निस्कनका लागि सबै लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य र एकता अत्यावश्यक छ।