काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले मिसिल झिकाउन आदेश दिएको छ ।
न्यायाधीशद्वय ओमप्रकाश अर्याल र बासुदेव आचार्यको संयुक्त इजलासले थप प्रमाणका लागि मिसिल झिकाउन आदेश दिएको हो ।
यसअघि २० कात्तिकको इजलासले प्रारम्भिक मिसिल माग्न आदेश दिएको थियो । अहिले पुनः थप प्रमाणका रूपमा अन्य मिसिल समेत झिकाउन आदेश गरिएको हो । रवि हाल नख्खु कारागारमा पुर्पक्षका लागि थुनामा छन् ।

