काठमाडौं । ११औँ महाधिवेशनको लागि नेकपा(एमाले)ले विभिन्न समितिहरू गठन गरेको छ । बिहीबार बसेको पार्टीको सचिवालय बैठकले समितिहरू गठन गरेको हो ।
प्रतिनिधि व्यवस्थापनका लागि काशीनाथ अधिकारी संयोजक र माधव ढुंगेल सचिव रहेको समिति बनेको छ। जनपरिचालन समितिमा प्रदीप ज्ञवाली संयोजक र राजन भट्टराई सचिव, आवास व्यवस्थापन समितिको संयोजकमा छविलाल विश्वकर्मा संयोजक र लालबाबु पण्डित सचिव, खाद्य व्यवस्थापन समितिमा लेखराज भट्ट संयोजक र भीष्म अधिकारी सचिवको जिम्मेवारी तोकिएको छ।
गोकर्ण बिष्ट संयोजक र रचना खड्का सचिव रहेको यातायात व्यवस्थापन समिति, रघुवीर महासेठ संयोजक र महेश बर्तौला सचिव रहेको अतिथि सत्कार समिति, पद्मा अर्याल संयोजक र राजेन्द्र गौतम सचिव रहेको प्रचारप्रसार समिति, कृष्णगोपाल श्रेष्ठ संयोजकत्वमा स्वास्थ्य समिति, विष्णु रिमाल संयोजक र बिना श्रेष्ठ सचिव रहेको आर्थिक समिति, शंकर पोखरेल संयोजक र पृथ्वीसुब्बा गुरुङ सचिव र योगेश भट्टराई सदस्य रहेको सचिवालय र विजय सुब्बा संयोजकमा निर्वाचन संयोजन समिति गठन गरेको छ ।
भनुभक्त ढकाल संयोजक र विनोद पाण्डे सचिव रहेको स्वयंसेवक समिति तथा विनोद श्रेष्ठ संयोजक र लोकबहादुर भण्डारी सचिव रहेको मञ्च व्यवस्थापन समिति पनि गठन भएको छ।
बैठकले घर फर्क अभियानअन्तर्गत एमालेमा भित्रिएका नेताहरूलाई महाधिवेशन प्रतिनिधि बनाउने विशेष निर्णय पनि गरेको एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिए।

