काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको ११औं महाधिवेशनबारे तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका छन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली कार्यालय नआउने भएपछि महासचिव शंकर पोखरेललाई आफूले तयार पारेको अवधारणापत्र बुझाएका हुन् ।
पोखरेल दस्ताबेज बोकेर अध्यक्ष ओलीलाई भेट्न पार्टी मुख्यालय च्यासलमा पुगेका थिए । महाधिवेशनमा बन्द सत्र हलमा पेस गर्ने गरी उनले फरक राजनीतिक तथा सांगठनिक प्रस्ताव तयार पारेका हुन् ।
उक्त अवधारणापत्र नेतृत्व परिवर्तनको निष्कर्षसहितको दस्तावेज भएको उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए ।

