काठमाडौं । पाली कांग्रेस पार्टीको आधिकारिता गगन थापा पक्षले पाएपछि शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगको निर्णयलाई ‘षडयन्त्रपूर्ण’ भन्दै खारेज गरेको छ । शुक्रबार साँझ आयोगले गगन थापालाई सभापतिमा आधिकारिक घोषणा गरेपछि देउवा पक्षाका पूर्व उभापति पूर्णबहादुर खड्काले उक्त निर्णयलाई खारेज गर्ने बताएका हुन्।
शुक्रबार साँझ निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्र्दै खड्काले आयोगको निर्णयविरुद्ध कानुनी लडाइँ गर्ने बताए। ‘निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण आएको छ। जुन हामीले आशंका गरेका थियौं। षड्यन्त्र पूर्ण निर्णय आएको छ,’ उनले भने, ‘निर्वाचन आयोगले यो भन्दा अगाडिको दलको विवादको भन्दा विपरितको निर्णय आएको छ। त्यसैले यो निर्णय नेपाली कांग्रेस खारेज गर्दछ। यो निर्णय अमान्य छ।’
खड्काले नेपाली कांग्रेसको आधिकारिता विवादलाई लिएर निर्वाचन आयोगलाई निरन्तर चेतावनी दिएका थिए ।

