लमजुङ । लमजुङको बेसीशहर नगरपालिका ११ चिति अझै पनि विकासमा पछाडि परेको छ । जिल्लाको अन्य क्षेत्र भन्दा यहाँ स्वास्थ्य, खानेपानी, रोजगारीको पहल हुन सकेको छैन ।
उक्त क्षेत्रमा सडक बनेको लामो समय हुँदा पनि अझै कालोपत्रै हुन सकेको छैन । अहिले हालै मात्रै थोरै मात्रै कालोपत्रै भएको छ । विशेषगरी बेसीशहर ११ लाई नत संघीय सरकार, न त प्रदेश सरकारसँग समपुरक र विशेष अनुदानमा रकम मागेको हुनै रेकर्ड छैन ।
बेसीशहर ११ सधैं किन पछि पारिन्छ ?, यहाँबाट विद्युत् रोयल्टी करोडौं उठछ, बालुवाबाट करोडौं आम्दानी हुन्छ ?, तर विकासको दृष्टिले झन् पछि झन् पछाडि परेको छ । यसमा नगरपालिकाको किन कुनै विशेष योजना छैन र हुँदैन ?
बेसीशहर ११ का वडाध्यक्ष शिव जोशी नगरपालिकाले नै वडालाई खासै महत्व नदिएको गुनासो गर्छन् । उनी भन्छन्,‘नगरपालिकाले नै हाम्रो वडालाई खासै प्राथमिकतामा पारेन । नत संघीय सरकार, न त प्रदेश सरकारसँग समपुरक र विशेष अनुदानमा रकम मागेको हुनै रेकर्ड छैन ।’

