काठमाडौं।समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त २३ सहकारी सञ्चालकको नाम सार्वजनिक गरेको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार नाम सार्वजनिक गरिएका सञ्चालकले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त वा अन्य व्यक्तिको नाममा लुकाएको जानकारी भए सूचित गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।
समितिले नााम सार्वजनिक भएका सहकारी सञ्चालकलाई सम्बन्धित सहकारीको दायित्व फरफारक, ऋण असुली र सम्पत्ति व्यवस्थापनमा सहयोग गर्न निर्देशन दिँदै बचत फिर्ता गर्न निर्देशन दिएको छ। समितिको निर्देशन अवज्ञा गरे कारबाही हुने सूचनामा उल्लेख छ।

