काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतको नयाँदिल्लीमा गएर गरेको उपचारको सम्पूर्ण खर्च आफैं व्यहोर्ने बताएका छन्।
राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले मंगलबार एक वक्तव्य जारी गरी पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सहरुको सल्लाहमा दिल्लीस्थित एम्स अस्पतालमा उपचार गराएको र उक्त उपचार खर्च सरकारको कोषबाट नभई पौडेल आफैंले व्यहोर्ने जनाएका छन्।

