काठमाडौं । बाढीले अवरुद्ध वीपी राजमार्ग खुलेको छ । आइतबार राति ८ बजेपछि काभ्रेको रोशी गाउँपालिकाको कालढुंगा र चिउरीबासमा लेदोसहितको बाढीले राजमार्ग अवरुद्ध भएको थियो ।
लेदोलाई हटाएर रातिदेखि नै गाडीको आवतजावत खुलाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । कालढुङ्गामा लेदो माटोले दुई वटा माइक्रो बस र दुई वटा पिकअप भ्यान गरी चारवटा गाडी पुरेको थियो ।
लेदोसँगै बाढी आएपछि यात्रु र चालक गाडीबाट ओर्लिएर सुरक्षित ठाउँमा गएका थिए । लेदोमा फसेका गाडीलाई डोजरको सहयोगमा निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।