Author: हाम्राे हेडलाइन

काठमाडौं । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याइएको छ । हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याएपछि देशभर फागु (होली) पर्व सुरु भएको मानिन्छ । शुक्रबार बिहान ८ः३३ बजेको शुभसाइतमा मानन्धर समुदायका व्यक्तिहरूले रंगीचंगी ध्वजासहितको चीर ठड्याएर र एकार्कालाई अबिर दलेर होली पर्व शुरु भएको जनाउ दिएका हुन् । यस दिन पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्रांगणमा पनि रंगीचंगी कपडा झुन्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ । मानन्धर समुदायका सदस्य गजेन्द्र मानन्धरले असत्यमाथि सत्यको जितको रूपमा चीर ठड्याइएको बताउनुभयो । चीर ठड्याइसकेपछि विधिवत् रूपमा होली पर्व शुरु भएको मानिने बताउनुभयो । होली पर्व…

Read More

काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका –६ सलम्बुटारस्थित बेवारिसे बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको छ । द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले सञ्चालन गरेको आश्रयस्थलमा आज बिहान सवा ३ः४० बजे बा२क ६५८० नम्बरको टिपर बाटो छाडेर आश्रयस्थलको टहराभित्र छिरेको थियो । त्यसको ठक्करबाट दुई जना बच्चा र एक वृद्ध गरी तीन जनाको मृत्यु भएको आश्रय स्थलका फाउण्डर अध्यक्ष युवराज थापाले जानकारी दिए । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल बोहराका अनुसार टहरोमा ६१ जना बस्दै आएका थिए । टिपरले ठक्कर दिएको कोठामा १० जना सुतिरहेका थिए, जसमध्ये तीन जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा अन्दाजी…

Read More

काठमाडौं । आइएमई ग्रुपको लगानीमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं. १, रामनगरमा स्थापना भएको नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योग परिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गरेका छन्। उद्घाटन लगत्तै प्रधानमन्त्री ओलीले कागज उत्पादन प्रकृया र उद्योगमै रहेको वातावरण मैत्री क्यालसियम कार्वोनेट उत्पादनको समेत अवलोकन गरे । २ अर्ब रुपैयाँ लगानीमा तयार भएको भनिएको उक्त उद्योगले अब दैनिक ७५ मेट्रिक टन कागज उत्पादन गर्ने बताइएको छ । यो कागज लेखन तथा छपाई कार्यका लागि उपयुक्त र गुणस्तरीय रहेको प्रबद्र्धक आईएमई ग्रुपले जनाएको छ । उद्योगले पहिलो चरणमा फोटोकपी…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अब आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प नभएको बताएका छन् । महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा आज नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको उद्घाटन गर्दै उनले औद्योगिक विकास र रोजगारी सृजनामा प्राथमिकता दिइने बताए । उनले भने, “अब हामी आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प छैन । सहकार्यका माध्यमबाट युवाहरूले आँपको खेती विकास गर्न सक्छन्, यसमा प्रदेश सरकारहरू पनि अघि सरुन् ।” प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रयास बिना समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट रहेको बताए । उनले कागज उद्योग स्थापनाले चुलोचौकोमा सीमित सर्वसाधारणले सीप सिक्नुका साथै रोजगारी सृजना हुने बताए । आफ्नै कागज देशभित्र प्रयोग गर्ने अवसर र व्यापार…

Read More

काठमाडौं । विभिन्न ६ देशका गैरआवासीय राजदुतहरुले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बिहीवार राष्ट्रपति निवास शितलनिवासमा पुगेर उनीहरुले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । गणतन्त्र गिनीका अलास्सेन कोन्टे, गणतन्त्र युगाण्डाका जोइस काकुरामत्सी किकाफुण्डा, बोस्निया तथा अर्जगोभिनाका जारिस हर्ले, गणतन्त्र ग्वाटेमालाका उमर लिसान्ड्रो कास्टानेडा, इटालीका एन्टोनियो इनरिको बार्टोली, ग्रिसका अलिकी कोउत्सोमितोपौलोले ओहोदाका प्रमाणपत्र पेश गरेका हुन्।

Read More

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई शून्य नम्बर दिइएको विषयमा संसदमा स्पष्टीकरण दिएका छन्। संसदमा उठेका प्रश्नको जवाफ दिँदै उनले घिसिङको कार्यसम्पादन मूल्यांकन किन शून्य भयो भन्ने विषय स्पष्ट पारे। मन्त्री खड्काले भने, ‘नेपाल सरकारले २०७८ साउन २७ मा उहाँलाई नियुक्त गर्दा कार्यसम्पादन मूल्यांकन गर्ने, त्यसकै आधारमा पुरस्कृत गर्ने वा निष्कासन गर्ने व्यवस्था गरिएको थियो। नियुक्ति पत्रमै उल्लेख छ— कार्य विवरण, आवधिक कार्ययोजना, कार्यसम्पादन मूल्यांकन, सेवा शर्त र कार्यसम्पादनमा आधारित प्रोत्साहन सुविधा व्यवस्थापन कार्यसम्पादन सम्झौताद्वारा व्यवस्थित हुनेछ।’ उनका अनुसार घिसिङले भदौ मसान्तभित्र कार्यसम्पादन मूल्यांकनका लागि अनुरोध गर्नुपर्ने थियो। ‘तर उहाँले त्यसो…

Read More

काठमाडौं । तनहुँकाे भानु नगरपालिका–१ पुलचोकमा आजबाट चौथो डुम्रे महोत्सव सुरू भएकाे छ । महाेत्सवकाे उद्वघाटन उर्जा तथा जलस्रोत मन्त्री दिपक खड्काले गर्नुभएकाे थियाे ।साे अवसरमा बाेल्दै खड्काले तनहुँ जिल्ला पर्यटनकाे क्षेत्र भएकाले मेला महाेत्सवले पर्यटकले प्रवद्र्धनल गर्न हुनाले याे महत्त्वपूर्ण रहेकाे बताउनुभयाे । महोत्सवका मुल संयोजक हेमलाल भि के, राष्ट्रिय सभाका सदस्य भगवती न्याैपाने,महोत्सवका निर्देशक घनश्याम श्रेष्ठ,गण्डकी प्रदेशका पूर्व मन्त्री एवं गण्डकी प्रदेशका संसद जित प्रकाश आले,बन्दिपुर गाँउपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा,गाेर्खा उद्योग वाणिज्य संघका अध्यक्ष भगवन बाबू मास्के लगाएतले यश महाेत्सवले तनहुँ जिल्लाकाे आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रवर्धनमा योगदान पुर्याउने सहयाेग गर्ने बताउनुभएकाे थियाे । उक्त महोत्सवमा…

Read More

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई तीन दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हाे ।

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव अधिकारको रक्षा र संविधानको मौलिक हकहरूको कार्यान्वयन गर्न सरकार कटिबद्ध रहेको बताएका छन् । मानव अधिकार रक्षकहरूको पाँचौँ राष्ट्रिय सम्मेलन एवं राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स) को छैटौँ राष्ट्रिय महाधिवेशनलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मानव अधिकारका लागि आन्दोलन गर्ने दुई ठुला दलको सहभागितामा अहिलेको सरकार बनेकाले यसले मानव अधिकारको उल्लङ्घन हुन नदिन र कानुनी शासनको पालना गर्नमा विशेष महत्व दिने स्पष्ट गरेका हुन् । ‘अहिले व्यवस्थामा परिवर्तनसँगै अवस्थामा परिवर्तन भइसकेको तर फेन्सी (नक्कली) मानव अधिकारका कुरा गर्नेहरू पनि देखिएका छन् । सरोकार नभएको, अर्थ र मर्म…

Read More

काठमाडौं । प्रतिनिधिसभाबाट ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई स्वीकार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। सभाको आजको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्ताव पेश गरेका थिए। बैठकमा अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सांसद माधव सापकोटाको सूचनाका पक्षमा सांसदले उठाएका सवालको जवाफ दिँदै उनले सार्वजनिक प्रतिष्ठानमा रहेका लगानीको विकल्प अध्यादेशमा दिएको बताए। निजीकरणलाई एक मात्र विकल्प नभनी अनेक विकल्प दिएको उपप्रधानमन्त्री पौडेलको दाबी थियो। सार्वजनिक प्रतिष्ठानमा सरकारको लगानी भएको बताउँदै मन्त्री पौडेलले उदयपुर सिमेन्ट कारखाना, हेटौँडा सिमेन्ट, दुग्ध विकास संस्थान, गोखकाली टायरलगायत संस्थानको अवस्थाका कारण ऐनलाई अध्यादेशबाट संशोधन गरी सुधार गर्न लागिएको बताए। अध्यादेश प्रणालीसम्मत रुपमा मस्यौदा भएर आएको…

Read More