Author: हाम्राे हेडलाइन

काठमाडौं । तारा एयरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान बन्द गरेको छ । हरेक उडानमा नोक्सान भएपछि उडान बन्द गर्नुपरेको तारा एयरले जनाएको छ । कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले सन् २०२४ डिसेम्बर ४ मा उद्घाटन गर्नुभएको हवाई सेवा अहिले बन्द भएको हो । हिमाली टुर एण्ड ट्राभल्सले तारा एयरमार्फत तीन जिल्लाको उडान भर्दै आएको थियो । ट्राभल्सले कर्णाली प्रदेश सरकारबाट सहयोग नपाएको, हरेक उडानमा नोक्सान भएको भन्दै उडान बन्द गर्नुपरेको जनाएको छ । ट्राभल्सका मिनबहादुर रावलले अहिले तीन जिल्लामा सातामा दुई पटक नियमित उडान भर्ने सहमतिअनुसार काम सुरु गरिए पनि आवश्यक…

Read More

काठमाडौं । उच्च अदालत पोखरा बागलुङ इजलासको निर्माणाधीन उच्च अदालतको भवन ९० प्रतिशत सम्पन्न भएको छ । साढे छ तला आधुनिक र पूर्ण आपाङ्गतामैत्री भवनमा रङरोगनको काम भइरहेको छ । अदालतको भवन २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको थियो । विसं २०७९ मङ्सिर १६ गते ३० महिनामा सम्पन्न गर्नेगरी ५७ करोडमा ठेक्का सम्झौता भएको थियो । उक्त भवन गण्डकी प्रदेशको नमुनामध्येमा पर्ने उच्च आदलत पोखरा बागलुङ इजालसले जानाएको छ । दुई वटा विद्युतीय भ¥यायाङसहित नमुना भवनको हालसम्म ९० प्रतिशत भौतिक र ८० प्रतिशत आर्थिक प्रगति भएको इजालसका रजिष्ट्रार रामबहादुर थापाले जानकारी दिए । उनका अनुसार सम्झौताअनुसार निर्माण भइरहेकाले निर्धारित समयभित्रै भवन…

Read More

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सवारीलाई लक्षित गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चेकजाँचमा कडाइ गरिएको छ । आइतबार दिउँसो ३ बजे पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदैछन्। विभिन्न राजावादी संगठनहरू उनको स्वागतका लागि विमानस्थलसम्म जाने तयारी गरेका छन्। त्यसकारण विमानस्थल बाहिर चेकजाँचमा कडाइ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएइको छ। विमानस्थलमा हवाइ टिकट भएका यात्रु र स्टाफ बाहेक अरुलाई एयरपोर्ट छिर्न निषेध गरिएको छ। काठमाडौंको सबै स्थानमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। चोक-चोकमा प्रहरीको संख्या बढाइएको छ। नियमित ड्युटीभन्दा एक हजार बढी प्रहरी परिचालन गरिएका छन् । पूर्वराजाको स्वागतमा राप्रपा, राप्रपा नेपालसहित विभिन्न संघसंस्थाहरूले काठमाडौंका विभिन्न स्थानबाट र्‍यालीसहित प्रदर्शनको तयारी गरेका छन्…

Read More

काठमाडौं । गुगान्डामा जारी चार देशीय महिला टी-२० कपअन्तर्गतको नेपाल-नामिबियाबीचको खेलमा नेपाल पराजित भएको छ। वर्षाका कारण रोकिएर पुन:सुरु भएको खेल डीएल मेथोडबाट खेलाइएको थियो। २० ओभरको खेललाई १५ ओभरमा झारिएको थियो। १५ ओभरको खेलमा नामिबियाका लागि ७१ रन निर्धारण भएको थियो। नेपालले खेलमा चार विकेट लियो। नेपालकी ईश्वरी विष्टले १३.२ ओभरमा टिमका लागि चौँथो विकेट हात पारिन्। यसअघि नेपालकी कप्तान इन्दु बर्माले १२.२ ओभरमा तेस्रो विकेट लिएकी थिइन्। यसअघि सविता जोशीले १०औं ओभरको पहिलो बलमा र तेस्रो ‌ओभर जारी रहँदा पूजा महतोले नेपाललाई सफलता दिलाए थिए। नामिबियाले १५ ओभरमा ४ विकेटको क्षतिमा ७१ रन पुरा गर्‍यो। त्यसअघि निर्धारित २०…

Read More

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शिक्षाध्यक्ष र डीन कार्यालयमा तोडफोडमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालयलाई आग्रह गरेको छ । विश्वविद्यालयका सूचना अधिकारी शान्ताकुमारी नेउपाद्वारा शनिबार जारी प्रेस विज्ञप्तिमा शुक्रवार बिहान शिक्षाध्यक्ष र विज्ञान संकायको डीनको कार्यकक्षमा भएको तोडफोडमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालयलाई अनुरोध गरिएको छ । विश्वविद्यालयले उद्देश्यअनुसार काम गर्दा कुनै कमी कमजोरी देखिए वा कुनै समस्या देखिए वार्ता र संवादद्वारा समस्या समाधान गर्न प्रतिबद्ध रहेको जनाउँदै शुक्रबार कार्यालय समयमा नियमित विश्वविद्यालयको सेवामा कार्यरत कर्मचारीहरूलाई आतंकित गर्दै शिक्षाध्यक्षको कार्यालय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय जुनसुकै समूह वा व्यक्तिबाट भएको तोडफोड क्षम्य नहुने अपराध भएको जनाएको छ ।…

Read More

काठमाडौं । राजसंस्था र हिन्दूराष्ट्र पक्षधर राजावादीले सक्रियता बढाएपछि नेकपा माओवादी केन्द्रले तराई–मधेश जागरण अभियान स्थगित गरेर आकस्मिक पदाधिकारी बैठक बोलाएको छ । राजावादीको सक्रियता बढेपछि गणतन्त्रवादी दलहरूसँग सघन छलफल गर्नुपर्ने र संसद्मा बलियो उपस्थिति बनाउनुपर्ने भन्दै अभियान स्थगित गरिएको महासचिव देव गुरुङले काठमाण्डुपाटीलाई जानकारी दिए । राजावादीको सक्रियताबारे छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि पदाधिकारी बैठक बोलाएका उनको सचिवालय स्रोतले जनाएको छ । रौतहटमा रहेका प्रचण्ड लगायत माओवादी नेताहरू आज शनिबारै काठमाण्डु फर्किएर राजावादीविरुद्ध रणनीति बनाउन र गणतन्त्रको रक्षाका लागि के गर्ने भन्नेबारे छलफल गर्ने जनाइएको छ ।

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच शीतल निवासमा शनिबार साँझ भेट भएको हो । उनीहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राजा भोटको राजनीतिभन्दा माथि रहने संस्था भएको जवाफ दिएका छन् । गणतन्त्रवादी दलका नेताहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लड्न चुनौती दिएपछि शनिबार वीरगञ्जको लालबगलामा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले नेताहरूसँग आफूहरू नै चुनाव लड्न पर्याप्त रहेको बताए । प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको राजनीतिक दलहरूले देश बर्बाद बनाएको टुलुटुलु हेरेर बस्न नसक्ने अभिव्यक्ति दिएपछि राजनीति तरङ्गित भएको छ । पूर्वराजा शाह र राप्रपाको गतिविधिपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरूले पूर्वराजा शाहलाई पार्टी…

Read More

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । नेपाल प्रेस युनियन डोटीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले भने, ‘गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन, लोकतन्त्रको विकल्प कुनै निरंकुशता हुन सक्दैन ।’ भूकम्पीय पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालयको उद्घाटन गर्न अछाम जाने क्रममा डोटीमा उनले लोकतन्त्र जस्तो असल व्यवस्था अन्य कुनै हुन नसक्ने बताए । ‘आन्दोलनबाट क्रान्तिबाट राजा फालिसकेपछि त्यसै देशमा राजा बसेको उदाहरण संसारमा कमै छन् । नागरिकका सबै अधिकार उपभोग गर्ने, राज्यले सुरक्षा प्रदान गर्ने र लोकतन्त्रका सबै अधिकार उपभोग गरेर बस्ने उदाहरण कम देखिन्छन् तर हाम्रो लोकतन्त्र यति सुन्दर, यति…

Read More

रुपन्देही । नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले उद्योगीहरूले ट्रंकलाइन र डेडिकेटेड लाइनमार्फत प्रयोग गरिएको बिजुलीको विल तिर्नुपर्ने बताएका छन् । भैरहवामा आयोजित सिद्धार्थ उद्योग वाणिज्य संघको ६६औं वार्षिक साधारण सभामा सम्बोधन गर्दै मन्त्री खड्काले भने, ‘उद्योगीले कति रकम तिर्नुपर्ने हो, यसको विल नेपाल विद्युत् प्राधिकरणले दिनुपर्छ ।’ उनले झुठा विवरणका आधारमा उद्योगीलाई विल तिर्न लगाउनु अत्याचार भएको बताउँदै, ‘सरकारको जिम्मेवार निकायमा बस्ने, झुठा विवरणहरू पेश गर्ने अनि जनतालाई दुःख दिने कुरा सरकारलाई स्वीकार्य हुँदैन ।’ मन्त्री खड्काले निजी क्षेत्रसँग साझेदारी गर्दै अर्थतन्त्रलाई बलियो बनाउन, सुशासन कायम गर्न र समृद्धि प्राप्त गर्ने सरकारको पहिलो लक्ष्य रहेको पनि…

Read More