Author: हाम्राे हेडलाइन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केहि समयपछि विशेष सम्बोधनसहित आउने बताएका छन् । सोमबार उच्च अदालत तुलसीपुर बुटवलमा जिल्ला अदालतले मागेको धरौटी खारेजको निवेदन दर्ता गरेर बाहिरिएका लामिछानेले सञ्चारकर्मीहरूसँग आफ्ना कुरा राख्न सहि समय कुरिरहेको बताएका हुन् । उनले भने- ‘तपाईंहरूलाई थाहै छ त म बोल्ने नै मान्छे हुँ, मेरो बोल्ने समय निकै नजिक आउँदैछ, प्रतीक्षा गर्नुहोला, छोटो प्रतीक्षापछि विशेष सम्बोधनसहित आउँदैछु।’ सुप्रिम सहकारी प्रकरणमा लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा रिहा गर्न आदेश गरेको थियो । सोहि धरौटी खारेजी र साधारण तारेखमा छाड्न माग गर्दै रवि उच्च अदालत पुगेका थिए ।

Read More

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले वर्तमान सरकारकै कारण प्रतिगामीहरू सक्रिय भएको निष्कर्ष निकालेको छ । सोमबार बसेको माओवादी पदाधिकारी बैठकले दुई दलीय सरकारको कुशासनका कारण प्रतिगामीहरू सक्रिय भएको निष्कर्ष निकालेको हो । प्रतिगामीहरू सक्रिय भए पनि नेपाली जनतालाई धेरै प्रभाव भने नपरेको बैठकको निष्कर्ष छ । जनता लोकतन्त्रको पक्षमा रहेकाले यसको विकल्प उन्नत लोकतन्त्रमात्रै हुन सक्ने पार्टीको निष्कर्ष रहेको प्रवक्ता अग्नि सापकोटाले बताए । संघीयतासहितको परिवर्तन मन नपराउनेले सरकारको कुशासनका कारण फेरि टाउको उठाउन खोजेको बैठकको निष्कर्ष रहेको प्रवक्ता सापकोटाले बताए । ‘राजतन्त्र फर्कने कुनै सम्भावना छैन’, उनले भने । बैठकले संघीय संस्दका साथै सातै प्रदेशका संसद्हरूमा माओवादीले शसक्त भूमिकासहित…

Read More

एजेन्सी । क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नी बन्ने भएका छन्। उनी लिबरल पार्टीको नयाँ नेता चुनिएसँगै केही दिनमा प्रधानमन्त्री नियुक्त हुने भएका हुन्। लिबरल पार्टीका नेता जस्टिन ट्रुडोले गत जनवरीमा पार्टी प्रमुखबाट राजीनामा दिएका थिए। त्यसयता उनी अन्तरिम प्रधानमन्त्री थिए। आइतबार अर्थमन्त्रीसमेत रहेका क्रिस्टिया फ्रिलान्डलाई हराउँदै कार्नी लिबरल पार्टीको नयाँ प्रमुख चुनिएका हुन्। उनले ८६ प्रतिशत मत पाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। ५९ वर्षीय कार्नी क्यानडाको केन्द्रीय बैंक र बेलायती केन्द्रीय बैंकका पूर्व गभर्नर हुन्। उनले केही दिनमै प्रधानमन्त्रीको शपथ लिनेछन्। हाल प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका जस्टिन ट्रुडोले आइतबार प्रधानमन्त्रीका रूपमा अन्तिम सम्बोधन गरे। त्यतिबेला उनी भावुक देखिएको भनेर…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकताको बाटो हिँडेर केही हत्याउँछु भन्ने सपना नदेख्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन्। सुदूरपश्चिम प्रदेश सभा बैठकलाई आज आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजा शाहलाई राजनीतिमा आउन चुनौति दिए। शाहको सन्देश सुनेर आफू छक्क परेको बताउँदै प्रधानमन्त्रीले भने, ‘संविधानको कुरा गर्नु हुन्न उहाँले। कानुनको पनि कुरा गर्नुहुन्न। लोकतन्त्रको पनि कुरा गर्नु हुन्न। प्रणालीको कुरा गर्नु हुन्न, प्रकृयाको कुरा गर्नुहुन्न। मलाई साथ दिनोस्, म आउँछु, देश बचाउँछु। देश के भएको छ ?’ प्रजातन्त्र दिवसलाई मध्यनजर गर्दै ज्ञानेन्द्र शाहले भिडियो सन्देश जारी गरेर आफूलाई साथ दिन नागरिकलाई आह्वान गरेका थिए। प्रधानमन्त्री ओलीले पूर्वराजा पक्षधरबाट प्रेरित…

Read More

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई आफ्नो कार्यसम्पादनसम्बन्धी विस्तृत सफाइ पेस गरेका छन्। मन्त्रिपरिषद्को फागुन २१ गतेको निर्णयअनुसार मन्त्रालयले तीन दिनभित्र सफाइ दिन निर्देशन दिएपछि घिसिङले आइतबार विस्तृत जवाफ दिएका हुन्। मन्त्रालयले करार सम्झौताअनुसार दफा १०.३ को अवस्था उत्पन्न भएकाले सम्झौता र नियुक्ति किन रद्द नगर्ने भन्ने प्रश्न सोधेपछि उनले विभिन्न कानुनी, प्रक्रिया र तथ्यगत आधार प्रस्तुत गरेका छन्। कार्यसम्पादन मूल्यांकनबारे घिसिङको तर्क घिसिङले विगतका आर्थिक वर्षहरूमा प्राधिकरणले तोकिएको कार्यसम्पादन लक्ष्य पूरा गरेको दाबी गरेका छन्। उनका अनुसार, आर्थिक वर्ष २०७८/७९ मा ९४.२३ अंक, २०७९/८० मा ९८.९४ अंक, २०८०/८१ मा ९८.९९ अंक…

Read More

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आइपुगेका छन् । त्रिभुवन विमानस्थलको द्वारमा राजावादी समर्थकले उनको स्वागत गरेका छन् । उनको स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले योजनावद्ध रूपमा तयारी गरेको थियो । सयौं समर्थक विमानस्थल बाहिर भेला भएर पूर्वराजाको स्वागत गरेका छन् ।

Read More

काठमाडौं । साहित्यकार बालिका बान्तावाको उपन्यास ‘प्याउली’ विमोचन भएको छ । शनिबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिस्ठानमा आयोजित कार्यक्रमबीच उपन्यास विमोचन भएको हो । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर गरिएको कृति सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार उषा शेरचन र वक्ताहरू साहित्यकार तथा समालोचक डा बिन्दु शर्मा र कवि/पत्रकार तथा संचारिका समूहकी अध्यक्ष बिमला तुम्खेवा थिए । झापा घर भई हाल हङकङमा बसोवास गर्दै आएकी साहित्यकार बान्तावाको यो पहिलो कृति हो । यस उपन्यासभित्र आफ्नै भोगाइहरू भेटिने बान्तावाको दाबी छ । कृतिबारे बोल्दै प्रमुख अतिथि साहित्यकार शेरचनले ‘प्याउली’ले पाठकलाई तान्ने बन्दै यो सफल उपन्यास रहेको बताइन् । ‘के हिसाबले सफल…

Read More

एजेन्सी । इजरायल र हमासबीच दोस्रो चरणको युद्धविराम वार्ता चाँडै शुरु हुने अपेक्षा गरिएको छ । इजरायलले युद्धविराम सम्झौताको वार्ता अगाडि बढाउन आफ्नो प्रतिनिधिमण्डल कतार पठाउने बताएपछि वार्ता हुने भएको हो ।साथै, हमासले इजिप्ट र कतारका मध्यस्थकर्ताहरूसँग युद्धविराम सम्झौतामा वार्ता सुरु गर्ने सम्बन्धमा पनि सकारात्मक संकेत दिएको छ । इजरायल र हमासबीचको युद्धविराम सम्झौताको पहिलो चरण मार्चको सुरुमा समाप्त भएको थियो र अब सम्झौताको दोस्रो चरणको वार्ता हुने भएको छ। इजरायलको प्रधानमन्त्री कार्यालयले अमेरिकाको मध्यस्थतामा वार्ताको निमन्त्रणा स्वीकार गरेको बताउदै थप विवरण भने दिएको छैन । इजरायल र हमासबीच युद्धविराम सम्झौताको दोस्रो चरणको वार्ता एक महिना अघि सुरु हुने तय…

Read More

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४६.३३ अंक घटेको छ । सो गिरावटपछि नेप्से २७७२ अंकमा कायम भएको छ । यो सहित लगातार पाँचौँ दिन बजार घटेको छ । आज बजार खुलेदेखि कुनै पनि समय हरियो हुन सकेन । बजारको अंक घटे पनि कारोबार रकम उस्तै छ । अघिल्लो दिन १० अर्ब १० करोडको कारोबार भएकोमा आज १० अर्ब ९ करोडको भयो । कुल २४ कम्पनीको मूल्य बढ्दा २१७ को घट्यो भने २ को स्थिर रह्यो । यस दिन सबै सेक्टर घटेका छन् ।

Read More

काठमाडौं । राजावादीको प्रदर्शनका कारण आइतबार ट्राफिक प्रहरीले विभिन्न सडकबाट सवारीसाधन ‘डाइभर्सन’ गरेको छ । चाबहिल, मित्रपार्क, गौशाला, सिनामंगल, तीनकुनेलगायत सडकबाट सवारी डाइर्भसन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । राजावादी सडकमा उत्रँदा आमसर्वसाधारण समयमै गन्तव्यमा पुग्न सकेका छैनन् । पूर्वराजा ज्ञानेन्द्र शाह कस्कीको पोखराबाट काठमाडौं आउन लागेपछि राजावादी उनको स्वागतका निम्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर भेला भएका छन् । विमानस्थल परिसरमा मोटरसाइकललाई समेत प्रवेश निषेध गरिएको ट्राफिक कार्यालयले जनाएको छ ।

Read More