Author: हाम्राे हेडलाइन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशको हितका लागि सत्ता पक्ष र प्रतिपक्षीबीच मिलेर जानुपर्ने बताएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारमा आफू हुँदा ठिक र आफू नहुँदा बेठिक बन्ने बहसमा नभई देश विकासमा लाग्नुपर्ने बताएका हुन्। बैठकको विशेष समयमा बोल्दै सांसद थापाले संसदका सबैजसो दल प्रतिपक्षी भूमिकामा पुगेसँगै यस्तो गरेको भन्दै समस्यालाई बढाइचढाई प्रस्तुत नगर्न आग्रह गरे। ‘प्रतिपक्ष दलले प्रश्न गर्ने नै हो। आफ्नो बेलाका कुरालाई डिफेन्ड गर्ने हो। गर्नै पर्छ। तर, हामीले समस्यालाई यसरी बढाइचढाइ प्रस्तुत गछौँ कि यो समस्या होइन, यो क्राइसिस हो, गयो-गयो। डुब्यो। सकियो। भत्कियो। म हुँदा ठिक थियो म नहुँदा बर्बाद भयो,’ उनले…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाएर सरकारले जनतालाई भड्काउने काम गरेको बताएका छन्। मंगलबारको संसद बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका उनले विचौलियाले सरकार चलाएको आरोप लगाए। उनले सत्तामा रहेकाको कुशासनले लोकतन्त्रलाई चुनौति दिएको आरोप लगाए।  ‘समिति बैठक नाटक, सत्ताको ड्राइभिङ सिटमै विचौलिया छन्। उसको शक्तिले इमान्दार व्यवसायीलाई अपमान गरेको छ,’ उनले भने,  ‘आज हामी सबै जनताको सघिन निगरानीमा छौँ। जनचाहनालाई उपेक्षा गर्नुभयो। गंगा नदीमा नक्कली भुटानी शरणार्थीमा धुनुभयो। तपाईँहरु प्रतिको आक्रोश आज व्यवस्था विरोधी गतिविधिमा पुग्यो।’

Read More

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले पूर्वराजाको उक्साहटमा संविधानविपरीतका गतिविधि भइरहेको बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहको उक्साहट र निर्देशनमा संविधानविरोधी र राष्ट्रिय हितप्रतिकूलका गतिविधि भइरहेको र यसलाई रोक्नु पर्ने बताएका हुन् । उनले भने ‘संविधानको धारा १ मा संविधानको पालना गर्नु सबैको कर्तव्य भनिएको छ। संविधानविपरीत गरिने सबै कार्य दण्डनीय हुने व्यवस्था छ तर पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्रको नाममा, निर्देशन र उक्साहटमा संविधानविरीतका काम भइरहेका छन्। पञ्चायतकालीन राष्ट्रिय गान गाउनु संविधानविरोधी क्रियाकलाप भइरहेका छन्’, उनले थपे, ‘यति मात्र होइन, र्‍यालीहरूमा विदेशीको तस्बीर देखियो। यो राष्ट्रियहित प्रतिकूलको कार्य हो। यसलाई सरकारले…

Read More

काठमाडौं । पोखरा-मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)को भौतिक प्रगति ४३.३४ प्रतिशत पुगेको छ । कूल ३८.८८ किमी दूरीको उक्त खण्डमा हालसम्म २९.४७ किमी सडक कालोपत्रे भएको छ। चार लेनको उक्त सडकमा १५.३२ किमीमा दुईतर्फी र १४.१५ किमीमा एकतर्फी कालोपत्रे गरिएको आयोजनाका इञ्जिनियर सौजन्य नेपालले जानकारी दिए। उक्त सडक निर्माणको म्याद विसं २०८२ पुससम्म छ । यसअघि दुईपटकसम्म म्याद थप भएको थियो । पश्चिमतर्फ तनुहँमा दुई किमी सडक मात्र कालोपत्रे हुन बाँकी रहेको इञ्जिनियर नेपालले बताए। कास्की खण्डमा सडक विस्तार, पूर्वाधार तयारी र कालोपत्रेको काम भइरहेको उनको भनाइ छ। तनहुँको जामुनेदेखि पर्यटन राजधानी पोखरा जोड्ने पश्चिम खण्डमा विसं २०७८ जेठ २…

Read More

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको कार्यकारी निर्देशकमा डाक्टर दीलिप शर्मा नियुक्त भएका छन्। प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य मन्त्री प्रदीप पौडेलले डा शर्मालाई दुई वर्षका लागि वीर अस्पतालको निर्देशकमा नियुक्त गरेका हुन्। डा शर्माले आज निर्देशकको पत्र बुझ्ने जनाइएको छ। मन्त्री पौडेलले न्याम्सका उपकुलपति डा भुपेन्द्र बस्नेतले सिफारिस गरेका डा शर्मासहित डा समाज गौतम र डा अनुपमा कार्कीमध्ये शर्मालाई निर्देशकको जिम्मेवारी दिएका हुन्। वीर अस्पतालमा हाल निमित्त निर्देशकको जिम्मेवारीमा डा समाज गौतम रहेका छन्। डा शर्मा वीर अस्पतालमै कार्यरत वरिष्ठ कलेजो रोग विशेषज्ञ हुन्। डा शर्माले यसअघि चिकित्सा शिक्षा आयोगको निर्देशक र नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार…

Read More

काठमाडौं । काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाद्वारा जारी तीन वर्षिय कार्ययोजनापत्र सार्वजनिक गरेको छ ।२०८१ फागुन २५ गते सोमबार शाखा कार्यालय भृकुटीमण्डपमा बसेको नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाको दोश्रो पूर्ण (प्रथम कार्यमूलक) बैठकले बृहत छलफल गरी ‘तीन वर्षे रणनीतिक कार्ययोजनापत्र–२०८१’ जारी गरेको छ । १. साना लगानी तथा स्वरोजगारमुलक मिडियाको रक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हितलाई आफ्नो मूल लक्ष्य ठानेर अविचलित रूपले अगाडि बढ्न काठमाडौं शाखा प्रतिवद्ध छ । २. राष्ट्रिय सभाबाट ‘मिडिया काउन्सिल विधेयक’ पारित भएकोमा काठमाडौं शाखा आपत्ति प्रकट गर्दछ । साथै राष्ट्रिय सभामा दर्ता भएको ‘सामाजिक सञ्जाल विधेयक’मा कतिपय…

Read More

गण्डकी प्रदेशको शिरमा बसेको छ, हरियाली डाँडापाखा सुशोभित छ। मर्स्याङ्दीको तरंगमा बग्दछ मुटु, शिर उचाली उभिन्छ हिमालको छुटु। राजाहरूको गाथा छ, दरबारका भित्तामा, सोरठीको लय छ, ठाडोभाकाको मिठासमा। घलेगाउँको आँगनमा नाच्छन् पाहुना, भुजुङ्गका पाखामा गुञ्जन्छन् गाथा। मिमे पोखरीको नीलो छायाँ, दूधपोखरीको चिसो माया। सूर्य उक्लिन्छ तार्वारको घाटी, नरसिंहको छायाँमा हराउँछ पाटी। राइनासकोट उक्लेर हेर्दा, इतिहास फर्फराउँछ हावासँगै झर्दा। माधवका कविता बोल्छन् पहराले, हर्क गुरुङको सपना बोक्छ धरणीले। लमजुङ त केवल जिल्ला होइन, सपना हो, धरोहर हो, नेपालीको माया हो। यहाँको माटोमा स्याहारिन्छ पहिचान, मेरो देशको सुगन्धी गाउँ, मेरो स्वाभिमान! पहाडको फेदमा फुल्छ लालीगुराँस, हिमालको काखमा सुत्छ चन्द्रमास। मर्स्याङ्दी पखाल्छ यो…

Read More

काठमाडौं । कास्की केन्द्रबिन्दु भएर भूकम्प गएको छ । मंगलबार बिहान ४ बजेर ११ मिनेटमा कास्कीको मादी गाउँपालिकाको सैमराङ आसपास केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का कास्कीसँगै गोरखा, लमजुङ, पर्वत, स्याङ्जासहितका जिल्लामा महसुस गरिएको थियो ।

Read More

काठमाडौं । नेपालको विदेशी मुद्रा सञ्चिति १६.१ प्रतिशतले बढेको छ। राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.१ प्रतिशतले बढेर माघसम्म नेपालले राखेको विदेशी मुद्रा २३ खर्ब ६९ अर्ब ८ करोड पुगेको हो। ताजा तथ्यांकअनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा माघ सकिँदा १३.९ प्रतिशतले वृद्धि भई २१ खर्ब ५ अर्ब १४ करोड पुगेको छ। बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा रु.१९२ अर्ब ५५ करोड रहेकोमा २०८१…

Read More

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि (फागुन २७) गते बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । सोमबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा यसबारे छलफल भएको थियो । पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले समय मागेकाले भोलि बस्ने बैठकमा सयम निर्धारण गरिएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

Read More