Author: हाम्राे हेडलाइन

काठमाडौं । युगाण्डामा जारी वुमन्स डे टी–२० कपमा नेपाल हङकङसँग पराजित भएको छ । नेपाल हङकङसँग दुई रनले पराजित भएको हो । युगाण्डा क्रिकेट एशोसियसनको आयोजनामा जारी चार देशीय सिरिज अन्तर्गत हङकङले दिएको १०१ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै ९८ रन मात्र बनाएपछि नेपालले खेल २ रनले हारेको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्बाधिक ३२ रन बनाएकी थिइन् भने पुजा महतोले १९ बिन्दु रावलले १४ र साना प्रविनले १० रन बनाएकी थिइन् । यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै १०० रन बनाएको थियो । हङकङका लागि कप्तान नताशा माइल्सले…

Read More

काठमाडौं ।चालु आर्थिक वर्षको ७ महिनामा रेमिट्यान्समार्फत ९ खर्ब ५८ करोड रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ७.३ प्रतिशतको वृद्धि हो । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १८.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले वृद्धि भई ६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षको १ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या २ लाख ७४ हजार ६ सय २२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ८ सय ८६…

Read More

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले काठमाडौंका विभिन्न स्थान दुई महिनासम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम काठमाडौं प्रशासनले एक सूचना जारी गर्दै निषेधित क्षेत्र घोषणा गरेको हो। काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेश कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरुको निवास तथा मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रम आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उश्रृंखल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम् हुलदंगा वा अशान्ति भई अत्यावश्यक सेवा,…

Read More

काठमाडौं । राष्ट्रिय सभामा उत्पत्ति भएका ४ वटा विधेयकहरूलाई राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सोमबार प्रमाणित गरेका छन् । अध्यक्ष दाहालले प्रमाणित गरेका विधेयकलाई प्रमाणीकरणका लागि मंगलबार राष्ट्रपतिकहाँ पठाइनेछ । सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८०, विद्युतीय व्यापार विधेयक २०८०, विधायन सम्बन्धी विधेयक २०८०, भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७६ प्रमाणित गरिएका छन् । संविधानको धारा ११३ को उपधारा (१) बमोजिम राष्ट्रियसभा अध्यक्षले प्रमाणित गरी धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पेश गर्नुपर्दछ । राष्ट्रपतिले विधेयक प्रमाणिकरण गरिसकेपछि ऐनका रूपमा लागू हुन्छ ।

Read More

काठमाडौं । लमजुङको सुन्दरबजार नगरपालिका-७, पाउँदीमा प्रहरी चौकीको भवन निर्माण गरिएको छ । उक्त भवनको आज एक कार्यक्रमबीच प्रहरी नायव महानिरीक्षक फणिन्द्र बरालले उद्घाटन गरे । प्रहरी नायव महानिरीक्षक बरालले प्रहरीका लागि स्तरीय भवन आवश्यक भएको बताए । प्रहरीको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन पूर्वाधार आवश्यक भएको उनको भनाइ थियो । नयाँ भवनबाट प्रहरीलाई कामकाज गर्न सहज हुनुका साथै नागरिक र प्रहरीबीचको सम्बन्धलाई अझ मजबुत बनाउन योगदान पुग्ने उनले बताए । “सेवा प्रवाहमा सुधार गर्न पूर्वाधार विकासमा विशेष ध्यान दिएका छौँ”, प्रहरी नायव महानिरीक्षक बरालले भने । कूल रु दुई करोड २८ लाख ४३ हजारको लागतमा सो भवन निर्माण गरिएको…

Read More

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा प्रतिगामी तत्वहरू सल्बलाउन थालेकाले परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन्। पार्टीद्वारा केन्द्रीय कार्यालय आलोकनगरमा आज आयोजित कार्यक्रममा उनले जनताको लामो सङ्घर्षबाट प्राप्त अधिकार तथा वर्तमान व्यवस्थाको रक्षा गर्नु प्रमुख जिम्मेवारी भएको बताए। सरकारले कार्यशैली सच्याएर गलत प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘प्रतिगामी यथास्थितिवादीहरुले अहिले टाउको उठाउन थालेका छन्। सो विषयलाई पार्टीले गम्भीर रुपमा लिएको छ।’ केही समययता काठमाडौँ उपत्यकालगायत मुलुकका केही सहरहरूमा भइरहेका नाराजुलुसले सरकार मात्रै होइन, लोकतन्त्रमाथि नै प्रहार भइराखेको उनको भनाइ थियो। अध्यक्ष नेपालले लोकतन्त्रमाथिको प्रहार सह्य नहुने विचार व्यक्त गर्दै संविधान,…

Read More

काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। गत साताको सोमबारदेखि परिसूचक निरन्तर रूपमा घटिरहेको छ। यसदिन नेप्से परिसूचक २०.६८ अंकले घटेर २७५१.४२ अंकमा झरेको छ। ३११ स्क्रिप्सको १ करोड ५० लाख ९४ हजार ९१५ कित्ता सेयर ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार ५७ रुपैयाँमा खरिदबिक्री भयो। नेप्से परिसूचक घटे तापनि नेस्डो समृद्ध लघुवित्त, गार्डियन र वीन नेपाल लघुवित्तका लगानीकर्ताले कमाएका छन्। कारोबार रकमका आधारमा नेपाल रिइन्सुरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ७३ करोड ५० लाख बढीको सेयर कारोबार भयो। आज अन्य समूहका सूचकबाहेक सबैको घटेको छ।

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबारको प्रदर्शनमा फोहोरमैला भएबापत काठमाडौं महानगरपालिकालाई जरिबाना बुझाएको छ । महानगरले तोकेको १ लाख रूपैयाँ जरिबाना राप्रपाले बुझाएको हो । पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न राप्रपालगायत राजावादी शक्तिहरूले हिजो जनप्रदर्शन गरेका थिए । उक्त जनप्रदर्शनका सहभागीहरूबाट एयरपोर्ट तिलगंगा, गौशलालगायत सार्वजनिक क्षेत्रका सडकमा फोहोर मैला र भौतिक क्षति भएको महानगरको दाबी छ । महानगरले फोहोरमैला व्यवस्थापन ऐन, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन तथा काठमाडौं महानगरपालिकाको आर्थिक ऐनबमोजिम जरिबाना लगाएको हो । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले महानगरको खातामा १ लाख रकम आज दाखिला गरेको बताएका छन् ।

Read More

काठमाडौं । काठमाडौँ उपत्यकाको वायु अस्वस्थकर देखिएको छ। आज वायु प्रदूषण मापनमा काठमाडौँको वायु प्रदूषण विश्वमै पाँचौँ स्थानमा छ। ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाडौँ उपत्यका वायु प्रदूषणमा विश्वकै पाँचौँ स्थानमा देखिएको हो। आज विश्वकै प्रदूषित सहरको पहिलो सूचीमा भारतको राजधानी नयाँ दिल्ली छ। इन्डेक्सका अनुसार आज काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई १९१ छ। आज प्रदूषणमा पहिलो स्थानमा रहेको दिल्लीको एक्यूआई २१९ छ।

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताएका छन् । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उद्यमशीलताको विकास गरी परिस्थितिमा परिवर्तन ल्याउन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अघि बढाउन सरकार लागिरहेकाले यसमा निजी क्षेत्रको भूमिका झन् महत्वपूर्ण हुने धारणा व्यक्त गरे । उनले विदेशका विभिन्न मुलुकमा गएर नेपालीहरुले श्रम गर्ने तर स्वदेशमा रोजगारीका अवसर सिर्जना नहुने हो भने अर्थतन्त्रको उत्थान नहुने भएकाले विज्ञान प्रविधिको भरपुर उपयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नेतर्फ ध्यान जानुपर्ने बताए । प्रधानमन्त्री ओलीले विश्व बजारमा प्रतिस्पर्धी हुनसक्ने दक्ष…

Read More