Author: हाम्राे हेडलाइन

काठमाडौं । अविरल वर्षाका कारण पहिरो जाँदा नुवाकोट, मकवानपुर, चितवन, पाल्पा, कैलाली, काभ्रे, सिन्धुली र बागलुङका विभिन्न १० ठाउँमा सडक अवरोध भएको छ। पहिरोका कारण नुवाकोट ककनी गाउँपालिका–४ निगालेस्थित पासाङ ल्हामु राजमार्ग, मकवानपुर बकैया गाउँपालिका–११ लामराङस्थित कान्ती लोकपथ तथा भीमफेदी गाउँपालिका–२ ज्यालटारस्थित हेटौंडा–भैसे–भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्ड, चितवन इच्छाकामना गाउँपालिका–६ नारायणगढ–मुग्लिङ सडकखण्ड, पाल्पा तिनाउ गाउँपालिका–३ ड्याम साइड नजिकै सिद्धार्थ राजमार्ग अवरोध भएको छ। यस्तै कैलाली गोदावरी नगरपालिका–४ बुढीतोलास्थित भीमदत्त राजमार्ग तथा चुरे गाउँपालिका–५ गोपालेस्थित भीमदत्त राजमार्ग, काभ्रे रोशी गाउँपालिका–९ नार्के लगायत बीपी राजमार्गको विभिन्न स्थान, सिन्धुली सुनकोशी गाउँपालिका–२ कमेरेफाटस्थित बीपी राजमार्ग र बागलुङ, बागलुङ नगरपालिका–१० गलुवास्थित बागलुङबाट बलेवातर्फ जाने कालिगण्डकी करिडोरमा सडक अवरोध…

Read More

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा मनसुनी वायुका साथै बंगलादेशको उत्तरी भू–भागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। जसका कारण पछिल्लो समय देशका धेरै ठाउँमा वर्षा भइरहेको छ। आज (मंगलबार) बिहानसम्म देशभर सामान्यदेखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यस्तै, बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। पछिल्लो २४ घण्टादेखि देशका १७ ठाउँमा भारी वर्षा भइरहेको विभागले जनाएको छ। बाँके, बर्दिया, दाङ, चितवन, मकवानपुर, सिन्धुली, बारा, धनुषा र सर्लाही…

Read More

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले न्यु मिडियाको व्यवस्थापन स्वनियमनबाट नै गर्न सकिने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालले सोमबार भक्तपुरमा गरेको न्यु मिडिया र आचारसंहिताका चुनौती विषयक ‘सम्पादक संवाद’ कार्यक्रममा सम्बोधन गर्दै मन्त्री शर्माले न्यु मिडियालाई स्वअनुशासित गराउने, स्वनियमनमा राख्ने विषय चुनौतीपूर्ण रहेको भए पनि यसैबाट व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । ‘न्यु मिडिया पनि मिडिया हो, यसले पनि अगाडि बढ्न खोज्दैछ । हाम्रो समाजमा अहिले जे परिवर्तन आयो । त्यसलाई आत्मसाथ गर्न सकेनौँ भने त डायनोसर बन्ने स्थिति पनि बन्ला’ उहाँले भन्नुभयो, ‘सबैभन्दा ठुलो कुरा स्वनियमन र आचारसंहिता हो । यो नभए कानुन पनि त चाहिएला, त्यसतर्फ सोचौँ…

Read More

काठमाडौं । १ क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरु थप ७ दिन हिरासतमा रहने भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तस्करी प्रकरणमा पक्राउ परेका १८ जनालाई सोमबार जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार जिल्ला अदालतले उनीहरुलाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । यसअघि सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको थियो ।

Read More

काठमाडौं । नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्रीवितरण गरेका दुई पसललाई कारबाही भएको छ। पोखराको अमरसिंह चोकमा रहेको अमरसिंह शुलभ कृषि सामग्री पसल र पोखराको शिवालयचोकमा रहेको उपभोक्ता सहकारी संघलाई २०/२० हजार जरिवाना गरिएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकले दुवै संस्थालाई २०/२० हजार रुपैयाँका दरले जरीवाना र अमरसिंहको कृषि सुलभ पसलमा रहेको २५ बोरा युरिया, ६ बोरा डिएपी र ५ बोरा पोटास जफत गरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा फिर्ता गरिएको छ।

Read More

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आपत्‌कालीन उद्धार सुरुङ ‘ब्रेक थ्रु’ गरिएको छ । सोमबार धादिङ र काठमाडौं दुवैतर्फबाट उक्त सुरुङको ‘ब्रेक थ्रु’ गरिएको हो । यो सुरुङको कुल दूरी २.५५७ किलोमिटर हो । सडक विभागका अनुसार अब आपत्‌कालीन सुरुङ खन्ने काम सकिएको र फिनिसिङको काम गरिने छ । मुख्य सुरुङ निर्माणको काम भने जारी छ । उक्त सुरुङमा पनि अबको चार महिना भित्र ‘ब्रेक थ्रु’ गरिने दाबी आयोजनाको छ । यो सुरुङ कुल दूरी २.६८८ मध्ये २.१६३ किलोमिटर खनिसकिएको छ । अब ५२५ मिटर खनिए निर्माणमा ‘ब्रेक थ्रु’ हुने छ । सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा…

Read More

काठमाडौं । तीन वाणिज्य बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको छ । विभिन्न मापदण्ड पूरा नगर्दा प्राइम कमर्सियल बैंक, कुमारी र हिमालयन बैंक कारबाहीमा परेका हुन् । कर्जा नोक्सानी व्यवस्था कायम नगरेको तथा पुँजी पर्याप्तता फ्रेमवर्क अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको तथा प्रिमियम दर बढाई ब्याज असुल गरेकाले प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिृकतलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै माघ महिनामा कर्जा/निक्षेप अनुपात कायम नगरेकोमा कुमारी बैंकलाई ५९ लाख ६३ हजार रुपैयाँ जरिवाना गरिएको छ । हिमालयन बैंकले पनि कात्तिक महिनामा सोही अनुपात कायम नगरेका कारण १ करोड ३९ लाख रुपैयाँ जरिवाना गराइएको छ…

Read More

काठमाडौं । प्रतिनिधिसभा बैठक भोलि दिउँसो सम्मका लागि स्थगित भएको छ। संसद् सचिवालयले सूचना टाँस गरी मंगलबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेको जानकारी गराएको छ। नेकपा एमालेले अवरुद्ध गरेको संसद् बैठक सुचारु गर्नका लागि सोमबार दुई चरणमा सभामुखसहित शीर्ष नेतृत्वबीच छलफल भएको थियो। तर, छलफलमा सहमति जुट्न नसकेपछि बैठक सूचना टाँस गरी स्थगित गरिएको हो। सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक ४ बजे सम्मका लागि स्थगित भएको थियो। बैठक स्थगित गरेर दोस्रो चरणको छलफलमा जुटेका नेताहरूबीच पनि सहमति जुट्न नसकेको हो।

Read More

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गरेपछि सोमबारका लागि बोलाइएको राष्ट्रियसभा बैठक पनि स्थगित भएको छ। एमालेका सांसदहरुले उठेर अवरोध गरेपछि सोमबार बसेको राष्ट्रियसभा बैठक पनि आगामी साउन २४ गते बुधबारसम्मका लागि स्थगित गरिएको हो। बैठकको सुरुमै बोल्दै एमालेकी सांसद दिलकुमारी रावल थापा (पार्वती)ले सुन तस्करी प्रकरणमा निष्पक्ष छानविन गर्न उच्चस्तरीय समिति गठन नगरेसम्म आफ्नो पार्टीले सदन चल्न नदिने अडान राखिन्। सरकार र सत्तारुढ दलमा आवद्ध नेताहरु आफैं उक्त प्रकरणमा मुछिएकाले सो प्रकरणको छानविन गर्न सरकारी निकायहरु समक्ष नहुने भएकाले आफ्नो पार्टीले निष्पक्ष छानविनका लागि उच्चस्तरीय समितिनै बनाउन माग गर्नु परेको उनले स्पष्टीकरण दिइन्।

Read More

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज सोमबार (साउन २२ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साउन १८ गतेदेखि सर्वसाधारणका लागि कुल १९ लाख ५३ हजार २७९ कित्ता सेयर बिक्री खुला गरेको हो । जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयरमध्ये १ लाख ९८ हजार ८२४ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ । यसैगरी, कर्मचारीलाई ३९ हजार ७६५ कित्ता र सामूहिक लगानी कोषका लागि ९९ हजार ४१२ कित्ता सेयर छुट्याइएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला भएको हो ।…

Read More