Author: हाम्राे हेडलाइन

काठमाडौं । सिम्रिक एयरको उडानमा प्रतिबन्ध लागेको छ। वित्तीय अवस्था कमजोर देखिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको उडानमा प्रतिबन्ध लगाएको हो। सिम्रिक एयरले प्राधिकरणलाई ४६ लाख रुपैयाँ तिर्नुपर्ने छ। तर, पटक–पटक ताकेता गर्दा पनि नतिरेपछि प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएको हो। कमजोर वित्तीय अवस्थाका कारण कर्मचारीले पारिश्रमिक नै नपाउने अवस्था आएपछि सेवामा रोक लगाइएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। उनले यस्तो अवस्था आउनु उडान सुरक्षाका दृष्टिकोणले गम्भीर भएको पनि बताए।, सिम्रिक एयरसँग अहिले चार वटा हेलिकप्टर छन्। तीमध्ये २ वटा बेल र २ वटा एएस ३५० हेलिकप्टर रहेका छन् । अब कम्पनीले प्राधिकरणलाई तिर्न बाँकी ४६ लाख रुपैयाँ…

Read More

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप चार जना डाक्टर पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ पर्नेमा डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह र डा. अमित चौधरी रहेका जनाएको छ । योसँगै नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्नेको संख्या पाँच जना पुगेको छ । यसअघि आज बिहीवार दिउँसो सीआईबीको टोलीले काठमाण्डौको गल्फुटारबाट नेपाली कांग्रेसका सांसद सुनील शर्मालाई पक्राउ गरेको थियो । अहिले पनि सीआईबीले अपरेशन जारी रहेको जनाइएको छ । कतिपय डाक्टरहरूले भारतीय नक्कली प्रमाणपत्र पेस गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको…

Read More

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनील शर्मा पक्राउ परेका छन् । उनलाई गोल्फुटारस्थित आफ्नै निवासबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार पक्राउ गरेको हो । मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मालाई भारतबाट प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएको भेटिएपछि अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो । मेडिकल कलेजका सञ्चालकसमेत रहेका शर्माले सोही प्रमाणपत्रका आधारमा उनले एमबीबीएस अध्ययन गरेका थिए ।

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेवा प्रवाहमा जनताले अनुभूति गर्न सक्ने गरी सुधार गर्न मन्त्री, सचिव तथा विभागीय प्रमुखलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार विभागीय मन्त्रीसँग कार्यदसम्पादन सम्झौतामा हस्ताक्षरपछि मन्त्री र सचिवलाई संयुक्त सम्बोधन गर्दै उनले छिटोछरितो, गुणस्तरीय र लागत किफायती हुने गरी सेवा प्रवाहको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले मासिक रूपमा हासिल गरेको गुणात्मक प्रगतिसहितको मासिक रिपोर्ट कार्डका आधारमा कार्यसम्पादन मूल्यांकन गरिने बताए । ‘म र मन्त्रीबीच वार्षिक लक्ष्य किटानीसहित कार्यसम्पादन सम्झौता भएको छ । आयोजना कार्यान्वयनमा नेतृत्वको ठूलो भूमिका रहेको र कार्यान्वयनमा उत्पन्न हुने बाधा अड्चन फुकाउने र अन्तरनिकाय समन्वयको…

Read More

काठमाडौं । गोरखा नगरपालिका–७, सतिपिपलबाट बरामद गरी विशेष सुरक्षाका साथ जिल्ला प्रहरी कार्यालयमा राखिएको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ भएको खानी तथा भूगर्भ विभागले पुष्टि गरेको छ । विभागबाट गोरखा आएको भूगर्भविद्को टोलीले दुई दिन लगाएर गरेको परीक्षणबाट उक्त टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ नै भएको पुष्टि गरेको हो । ढुङ्गाको परीक्षण गरी विभागको टोलीले जिल्ला प्रशासन कार्यालय गोरखालाई परीक्षण प्रतिवदेन बुझाएको भूगर्भविद् डा. सुस्मिता भण्डारीले जानकारी दिइन् । भूगर्भविद्को टोलीले टल्कने ढुङ्गाको नापतौल लिनुका साथै अन्य विभिन्न प्राविधिक पक्षबारे पनि परीक्षण गरेको भूगर्भविद् डा. भण्डारीले जानकारी दिइन् । कडापनका आधारमा हिरा १० औँ नम्बरमा पर्ने उनको भनाइ छ । टोलीले गरेको…

Read More

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। आज (बिहीबार) बिहानसम्म देशभर आंशिक देखी सामान्य बदली रही लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै कोशी र मधेस प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका…

Read More

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको छ । वैदेशिक रोजगारीमा श्रम गर्न जाने श्रमिकहरु विदेशमा नै मृत्यु वा अंगभङ्ग भएमा वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्न लागिएको हो । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई वि.स.२०६७ सालमा दिने सुविधा अहिले समयअनकुल नभएकाले वैदेशिक रोजगार बोर्डले वृद्धि गर्ने निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले बताए । बुधवार वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा पत्रकारहरुसँगको छलफल कार्यक्रम उनले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको विदेशमा नै मुत्यु भएमा दिने ७ लाखलाई वृद्धि गरी १० लाख पु¥याउने तयारी रहेको बताए । उनले मृतकको सन्ततीलाई…

Read More

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले पशुमा महामारीको रुपमा फैलिएको लम्पी स्किनको रोकथाम र नियन्त्रण प्रभावकारी ढंगले गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बुधबार एक विज्ञप्ति जारी गरी लम्पी स्किनको रोकथाम र नियन्त्रण प्रभावकारी ढंगले गर्न आग्रह गरेका हुन् । ‘लम्पी स्किन महामारीको रोकथाम तथा नियन्त्रण गर्न संघ, प्रदेश र स्थानीय तहबाट पर्याप्त बजेट, कार्यक्रम, औषधि, खोप तथा सबै पालिकाहरुमा पशु चिकित्सक लगायतको व्यवस्थापन गरी यस रोगको पूर्ण रुपमा रोकथाम तथा नियन्त्रण प्रभावकारी ढंगले गर्न र प्रभावित किसानहरुलाई यथाशीघ्र राहत तथा क्षतिपुर्ति उपलब्ध गराई किसानको अधिकारको सम्मान तथा संरक्षण गर्न आयोग राज्यका तीनै तहका सरकारको गम्भीर ध्यानाकर्षण…

Read More

काठमाडौं । काठमाडौंमा एक जना पुरूषमाथि खुकुरी प्रहार भएको छ । बुधबार साँझ साढे ५ बजे काठमाडौं महानगरपालिका–४ चण्डोल चोकमा एक जना पुरूषमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । त्यहाँ दुई पक्षबीच झगडा भएको थियो। त्यसैबीच एक जनाले कैलाली, टीकापुरका चक्र शाहमाथि खुकुरी प्रहार गरेका हुन् । शाहमाथि खुकुरी प्रहार गरेपछि आक्रमण गर्ने पुरूष फरार भएका थिए। शाहको टाउको र खुट्टामा चोट लागेको छ। उनको टिचिङ अस्पतालमा उपचार भइरहेको छ। उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। प्रहरीले यस प्रकरणमा संलग्न रहेको भन्दै कैलाली धनगढी बस्ने अन्दाजी २७ वर्षीय रविन गिरीलाई पनि नियन्त्रणमा लिएको छ।…

Read More

काठमाडौं । मन्त्रिपरिषद्ले सिंहदरबारको संशोधित गुरुयोजना स्वीकृत गरेको छ । मङ्गलवार(हिजो) बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद्, आर्थिक तथा पूर्वाधार समितिबाट पेस भएको सिंहदरबारको संशोधित गुरुयोजना स्वीकृत गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले मन्त्रिपरिषद्, आर्थिक तथा पूर्वाधार समितिबाट पेस भएको राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत निर्णय पनि गरेको छ । त्यस्तै बैठकले मन्त्रिपरिषद्, विधेयक समितिबाट पेस भएको बैङ्किङ कसुर तथा सजाय(दोस्रो संशोधन) विधेयक, २०८० संघीय संसदमा पेस गर्न स्वीकृत दिने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बैठकको निर्णय सार्वजनिक गर्न बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइन् ।

Read More