Author: हाम्राे हेडलाइन

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका २० जना थप ७ दिन हिरासतमै रहने भएका छन् । जिल्ला अदालत काठमाडौंले उनीहरुलाई थप एक साता हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुमति दिएको छ । बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा सीआईबीले सरकारी कागजात कीर्ते र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहितका २० जना व्यक्ति हाल सीआईबीको हिरासतमा छन् ।

Read More

काठमाडौं । कारागार कार्यालय संखुवासभामा २ जना कैदीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति बनाइएको छ। संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि अधिकारीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति बनाइएको हो। अधिकारीको समितिले १० दिनभित्र घटनाको छानबिन गरेर रिपोर्ट दिने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए। संखुवासभा कारागारमा रहेका कैदीहरु मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षिय आकाश वलामीको बुधबार बिहान मृत्यु भएको थियो। उनीहरु मंगलबार राति जेलको रड काटेर भागेका थिए। भाग्दै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेर ल्याएर जेलमै राखेको थियो। पछि राति २ बजेतिर अन्य कैदीहरुले उनीहरु २ जना गम्भीर बिरामी…

Read More

काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज (बुधबार) पनि अवरोध गरेको छ। एमालेले १ क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित बुधबार प्रतिनिधि सभा बैठकमा वेल घेराउ गर्‍यो। बैठक सुरु भएलगत्तै एमालेका सांसदहरु उठेपछि सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्य थापालाई बोल्नका लागि समय दिएका थिए। थापालाई बोल्ने समय दिएपछि सत्ता पक्षका सांसदहरुले उठेर विरोध जनाएका थिए। सत्ता पक्षका सांसदहरुको विरोधका बीच बोलेका थापाले १०० किलो सुन प्रकरणमा तस्करलाई संरक्षण गर्ने गरी गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ आएकाले एमालेको विरोध जारी रहेको बताए। थापाले बोलिसकेलगत्तै एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरे। एमाले सांसदहरुले निरन्तर…

Read More

काठमाडौं । सिन्धुलीस्थित सुनकोशी गाउँपालिकाले जेष्ठ नागरीक,अपाङ्ग,अशक्त र विपन्न नागरीकको निःशुल्क उपचार प्रदान गरेको छ । असार १ गतेदेखि पालिकाभित्रमा सबै जेष्ठ नागरीक,अपाङ्ग,अशक्त र विपन्न नागरिकको निःशुल्क उपचार भैरहेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले बता सुनकोशी गाउँपालिका र आत्मीय सामुदायिक अस्पतालबिच सम्झौता भएर निःशुल्क उपचार सेवा संचालन भइरहेको गाउँपालिकाका प्रशासकीय अधिकृत दर्जीले बताए । गाउँपालिकाको ७ वटै वडाका जेष्ठ नागरीक,अपाङ्ग,अशक्त र विपन्न नागरिकलाई आत्मीय सामुदायिक अस्पतालमा गएर सेवा लिन प्रशासकीय अधिकृत दर्जीले आग्रह गरे । इमरजेन्सी तथा ओपिडी,ल्याब,एक्सरे,भिडियो एक्सरे,ईसिजी,वेड चार्ज,स्ल्याब,कास्ट,माइनर,सर्जिकल,अक्सिजन,नेबुलाइजेसन,प्रोसेडयोर लगायतका विभिन्न सेवाहरु लिँदा नागरीकले पैसा तिर्न नपर्ने स्वास्थ्य संयोजक ओम प्रकाश झाले बताए । औषधी र आँखा उपचार सेवा…

Read More

काठमाडौं । वर्षाका कारण देशभरका पाँच राजमार्गका विभिन्न खण्ड पूर्ण र ३४ आंशिकरूपमा अवरुद्ध भएका छन् । आज बिहानसम्म तमोर करिडोर (चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक) सडक, भालुवाङ–लिवाङ–रोल्पा माडीचौर दारबोट सडक र धनगढी–बुडर–स्याउले सडक पूर्णरूपमा अवरुद्ध बनेका छन् । तमोर करिडोरको पाँचथरको हेवाखोला र माझीटारमा सडक अवरुद्ध बनेको छ । भालुवाङ–लिवाङ–रोल्पा माडीचौर सडक प्यूठानको गर्जेनी खण्ड अवरुद्ध रहेकामा खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ । तानसेन–रिडी–कोरला सडकको म्याग्दी र मुस्ताङमा अवरुद्ध छ । ट्रयाक खोल्ने प्रयास गरिए पनि निरन्तर पहिरोका कारण समस्या भइरहेको छ । कालीगण्डकी करिडोर अन्तर्गत मुस्ताङको मार्फा खोलामा सडक अवरुद्ध भएको हो । धनगढी–सहजपुर–बुडर–स्याउले सडक कैलालीको एउटा खण्डमा पूर्णरूपमा अवरुद्ध…

Read More

काठमाडौं । नेपालमा मनसुनी वायुको साथै बङ्गलादेशको उत्तरी भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर सामान्य देखि पूर्ण बदली रही हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। आज राति भने देशभर सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको…

Read More

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाबाट नक्कली नोटसहित ३ जना पक्राउ परेका छन्। तारकेश्वर–५ स्थित गोलढुङ्गा नगिनी खोला आगडि बाट मंगलबार सांझ सशस्त्र प्रहरी बलको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उक्त स्थानमा हिम्मत बमको घरको भुइँतलामा भाडामा बस्ने खोटाङ जिल्ला दिप्रुङ गाउँपालिका ५ का लक्ष्मी पाण्डे, लमजुङ दोर्दि गाउँपालिका ०२ का सुवास गुरुङ र रामेछाप गोकुल गंगा गाउँपालिका–१ का मदन दमाई गरी तीन जना नक्कली नोटसहित पक्राउ परेका हुन्।र उनीहरूको डेराबाट नेपाली रूपैयाँ एक हजारको १ सय ८२ थान नक्कली नोट र नोट बनाउन प्रयोग हुने कागज २ सय थान बरामद भएको सशस्त्र प्रहरीले जनाएकाे छ । यसैगरी मोबाइल ४ थान,…

Read More

काठमाडौं । मछिन्द्र फुबटल क्लब एएफसी कपको प्रारम्भिक चरणको दोस्रो चरणमा प्रवेश गरेको छ। मंगलबार दशरथ रंगशालामा भएको खेलमा भुटानको पारो एफसीलाई ३–२ले हराउँदै मछिन्द्र दोस्रो चरणमा प्रवेश गरेको हो। खेलमा मछिन्द्रका लागि विमल घर्तिमगर, आयुष घलान र आलोवाले आफिजले गोल गरेका थिए। यता, पारो एफसीका लागि काजुओ होम्मा र इभान अशान्तेले गोल गरेका थिए। खेलको सातौं मिनेटमै पारोले अग्रता लियो। उसका होम्माले गोल गरेका थिए। तर, उसको अग्रता धेरैबेर टिक्न सकेन। १२औं मिनेटमा विमलले हेडिङमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए। उनले आयुषको पासमा गोल गरेका थिए। यस्तै, १५औं मिनेटमै आयुषले मछिन्द्रलाई अग्रता दिालए। उनले विमलको पासमा गोल गरेका थिए।…

Read More

काठमाडौं । रुकुम पश्चिम चौरजहारीबाट पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) जारी भएको छ । यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीले जिल्लाबाट पहिलो पटक लाइसेन्स जारी गरेको हो । सोमबार मोटरसाइकल र स्कुटर तथा मंगलबार गाडीको लाइसेन्स जारी भएको कार्यालयले जनाएको छ । सोमबार र मंगलबार वर्ग ‘ए’ मोटरसाइकल, वर्ग ‘के’ स्कुटर, वर्ग ‘बि’ कार जिप र भ्यानको लाइसेन्सको प्रयोगात्मक भएको कार्यालय प्रमुख आनन्द चपाईले बताए । मोटरसाइकल तर्फ पहिलो सेवाग्राहीका रुपमा चौरजहारी नगरपालिका १ का उत्तर आचार्यले ट्रायल पास गरी लाइसेन्स प्राप्त गरेको उनको भनाइ छ । त्यस्तै गाडीको लाइसेन्सका लागि मंगलबार ट्रायल भएको छ । अब नियमित रुपमा…

Read More

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सय केजी सुन तस्करी प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाटै अनुसन्धान टुंग्याउन दिनुपर्ने भनाई राखेका छन्। सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा श्रेष्ठले उक्त भनाई राखेका हुन्। श्रेष्ठले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा बनेको समितिले समेत सात हजारदेखि नौ हजार नौ सय केजी सुन आएको भनेको स्मरण पनि गराए। श्रेष्ठले यसअघिको समितिले पनि ३३ केजीमध्ये एक तोला पनि सुन पत्ता लगाउन नसकेको समेत उनले बताए । उनले सीआईबीले गर्न सकेन भने मात्र त्यसपछि विकल्पमा जाने पनि स्पष्ट पारे

Read More