Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ…
काठमाडौं । २० जना प्रमुख प्रशासकीय अधिकृत र चार जना उपसचिवसहित ४२ जना कर्मचारीको सरुवा…
काठमाडौं । ४७५ जना कर्मचारीको सरुवा गरिएको छ । निजी सहायकदेखि कार्यालय सहयोगीसम्मका विभिन्न श्रेणीका…
काठमाडौं । एमाले मतदान स्थगित भएको छ । बुधबार बिहान ८ बजेदेखि मतदान सुरू हुने…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- एमाले महाधिवेशनमा उत्साहसाथ मतदान जारी
- २० प्रमुख प्रशासकीय अधिकृत र चार उपसचिवसहित ४२ कर्मचारीको सरुवा
- ४७५ कर्मचारीको सरुवा, को कहाँ ?
- एमाले महाधिवेशनः मतदान स्थगित, बुधबार ८ बजेबाट हुने
- एमाले महाधिवेशनः मतदान साँझ ७ बजेदेखि राति १ बजेसम्म
- एमाले महाधिवेशनः २ जनाको उम्मेदवारी खारेज, १४ को फिर्ता र ११ केन्द्रीय सदस्य सर्वसम्मत
- पत्रकारमाथि दुर्व्यवहार गर्नेलाई कानुनी दायरामा ल्याउन पत्रकार महासंघको माग
- ५ महिनामा ४ खर्ब ९ अर्ब रुपैयाँ राजस्व संकलन
- डलर हालसम्मकै उच्च विन्दुमा
- एमाले ११औँ महाधिवेशनः निर्वाचन अपरान्ह ४ बजेपछि मात्रै सुरु हुने
Author: हाम्राे हेडलाइन
लमजुङ । लमजुङ र मनाङ जोड्ने बेसीसहर–चामे सडक अवरुद्ध भएको छ । तिमाङ पावर हाउस खोलाको काठे पुल र स्यार्कु खोलाको काठे पुल भाँचिएकाले उक्त सडक अवरुद्ध बनेको हो । बेसीसहर चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीका अनुसार बेसीसहर चामे सडकखण्डअन्तर्गत मनाङको चामे गाउँपालिका–१ तिमाङ पावर हाउस खोलाको काठे पुल र वडा नं २ स्थित स्यार्कु खोलाको काठे पुल आजदेखि निर्माण गरिँदै छ । सो स्थानमा वैकल्पिक सडक मार्ग नभएकाले यातायात सेवा दुई दिनसम्म अवरुद्ध हुने उनले बताए । अधिकारीका अनुसार उक्त स्थानमा दुई वर्षअघि काठे पुल निर्माण गरिएको हो । पुल जीर्ण भएपछ पुराना काठ हटाएर अहिले नयाँ…
काठमाडौं । वानएक्स बेटमा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा पक्राउ परेका कलाकार तथा युटुबरलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। प्रतिबन्धित अनलाइन बेटिङ प्रवर्द्धन गरेको आरोपमा उनी पक्राउ परेका उनीहरुलाई काठमाडौं जिल्ला अदालतले बुधबार १० जनासँग धरौटी माग गरी छाड्न आदेश दिएकाे जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले सट्टेबाजी गराउने वेवसाइटको प्रचारमा संलग्न रहेको आरोपमा जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरेलाई पनि पक्राउ गरेको थियो।
काठमाडौं । ललिता निवास प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । बुधबार समरजंग कम्पनीका पुर्व सहायक लेखापाल विनोद पाैडेल पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले पाैडेललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे छ । हालसम्म यस प्रकरणमा समरजंग कम्पनीका तीन जना कर्मचारी पक्राउ परिसकेका छन् । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने सरकारी कीर्ते गरेकाे आरोपमा प्रहरीले १७ जनालाई नियन्त्रणमा लिइसकेकाे छ।
काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले अदालतको आदेश,फैसला तथा न्याय सम्पादनको कार्यप्रति आफ्नो पूर्णसम्मान रहेको बताएका छन्। मेयर शाहले राजनीतिक दृष्टिकोणसहित व्यापक अर्थ वा सन्दर्भमा अभिव्यक्त विचारलाई अप्रमाणित रुपमा अदालतको अवहेलनाको विषय बनाइन नहुने उल्लेख गरेका छन् । अधिवक्ता वर्षाकुमार झाले दायर गरेको अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्दै मेयर शाहले काठमाडौं महानगरपालिकाको प्रमुखको हैसियतमा अदालतको आदेश,फैसला तथा न्याय सम्पादनको कार्यप्रति मेरो पूर्णसम्मान रहेको जनाएका हुन् । ‘मेरो विचार,अभिव्यक्तिबाट सर्वोच्च,उच्च वा जिल्ला अदालतमध्ये कुन चाहि अदालतको न्याय सम्पादनको कार्यमा अवरोध पुग्यो वा कुन चाहि आदेश वा फैसलाको अवज्ञा भयो भन्ने सम्बन्धमा वस्तुनिष्ठ, यकिन वा औचित्ययुक्त व्यहोरा खुलाउन सक्नु…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। श्रीमती दाहालको बुधबार अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो। बुधबार नै आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले ‘प्रथम महिला’को रुपमा राजकीय सम्मानसहित दाहालको अन्त्येष्टि गर्ने निर्णय गरेको थियो। दाहालको पार्थिव शरीरमा श्रीमान् प्रचण्ड र छोरीहरु रेनु र गंगा दाहालले दागबत्ती दिएका छन्। लामो समयदेखि दुर्लभ पार्किन्सन रोगले ग्रसित दाहालको बुधबार बिहान नर्भिक हस्पिटलमा निधन भएको थियो।
काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथ तथा साना व्यापारीमाथि ज्यादती गरेको भन्दै विरोध प्रदर्शन भएको छ । महानगरपालिकाको कार्यालय अगाडि स्वतन्त्र युवाहरुको समूहले ‘गरिखान देऊ’ भन्दै विरोध गरेका हुन् । उनीहरुले महानगरपालिकका मेयर बालेन्द्र शाह(बालेन)ले चुनाव अगाडि ‘गरिबको चमेली बोलिदिने कोही छैन’ भन्दै गाएको गीत गाउँदै विरोध गरेका थिए ।
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई श्रद्धाञ्जली दिएका छन्। उनले बुधबार ट्विट गर्दै सीताको निधनको खबरले मर्माहत भएको बताएका छन्। उनले प्रधानमन्त्री प्रचण्डप्रति समवेदना प्रकट गरेका छन्। ‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु। ॐ शान्ति,’ उनले लेखेका छन्। श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । @cmprachanda प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु । ॐ शान्ति। — Narendra Modi (@narendramodi) July 12, 2023
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीपत्नी एवं पार्टी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति पुगेकाे जनाएकाे छ । महासचिव देव गुरुङले शाेक वक्तव्य जारी गर्दै दाहालले नेपालको कम्युनिस्ट आन्दोलनमा अत्यन्त महत्त्वपूर्ण र अविस्मरणीय योगदान पुर्याएकाे उल्लेख गरेका छन् । ‘सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवं असीमित समर्पण उहाँका विशेषता हुन् । उहाँ आफ्ना योगदानमार्फत चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनुहुनेछ,’ वक्तव्यमा भनिएकाे छ,’ ‘कमरेड सीता दाहालले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति खेल्नुभएको योगदानको उच्च सम्मान गर्दै सिंगो पार्टी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।…
काठमाडौं । प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ । त्यसअघि उनको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने छ । बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने र २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशिखा)ले जानकारी दिए । दाहालको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको थियो ।
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
