Author: हाम्राे हेडलाइन

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् । सडकखण्डको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा बागमती प्रदेश ०१–००६ख ५२३७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बस आज बिहान ५ः२० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसी रुखमा अड्किएको छ । बसमा ४० यात्रु सवार थिए । घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजमा, आठ जनाको भरतपुर अस्पतालमा र एक जनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका घाइतेको विवरण: १. भारत सिलगुडी…

Read More

काठमाडौं । विद्यालयको जमिन अवैध रुपमा उत्खनन् गरेर माटो बिक्री गरी भ्रष्टचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मुद्दा दायर हुनेमा कञ्चनपुर लालझाडी गाउँपालिका वडा नं. ४ स्थित बैजनाथ बहुभाषिक आधारभूत विद्यालयका प्रधानाध्यापक सुरेन्द्रबहादुर बोहरा र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लक्ष्मण राना छन् । माटो किन्ने भगवती इँटा उद्योगका व्यवस्थापक राजेन्द्रबहादुर भाट र सिद्ध वैजनाथ इँटा उद्योगका सञ्चालक धनबहादुर विष्टलाई पनि अख्तियारले मुद्दा दायर गरेको छ । उनीहरुले बहुभाषिक आधारभूत विद्यालय डाङाजाईको हाताभित्र आर्थिक वर्ष २०७६र०७७ र २०७७र०७८ मा माटो उत्खनन् गरी जमिन समथर र पोखरी निर्माण गर्दा तत्कालीन…

Read More

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका बहालवाला सचिव कृष्णबहादुर राउतलाई २४ घन्टाभित्र सर्वोच्च पेस गर्न आदेश गरेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले राउतका तर्फबाट उषा कार्कीले दायर गरेको निवेदनमा यस्तो आदेश गरेको हो। ‘यसमा के कसो भएको हो? निवेदकको मागबमोजिम बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो? मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुत प्रमाणसहित उपस्थित हुनु,’ आदेश भनिएको छ, ‘म्याद सूचना पाएका मितिले बाटाका म्याद बाहेक २४ घण्टाभित्र बन्दीसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु।’ आदेश र निवेदनको प्रतिलिपि साथै राखी विपक्षीहरुका नाउँमा म्याद सूचना जारी गरी लिखित जवाफ परेपछि पेसीको…

Read More

काठमाडौं । अब स्वचालित रुपमा बैंकहरुले आपसी प्रतिस्पर्धा र अवस्थाअनुसार ब्याजदर तय गर्ने भएका छन्। यसअघि बैंकर्स संघले आपसी सहमतिमा ब्याजदर तोक्ने गरेको थियो। यसरी ब्याजदर तोक्दा ‘कार्टेलिङ’ भएको भनेर आरोप लाग्ने गरेको थियो। यही आरोपपछि ब्याजदरको कार्टेलिङ खारेज गरिएको हो। संघमा आबद्ध २० कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लगायत प्रतिनिधि सहभागी मंगलबारको बैठकले ब्याजमा हुँदै आएको कार्टेलिङ खारेज गरी बैंकहरुले आपसी प्रतिस्पर्धामा निर्धारण हुन दिने निर्णय गरेको हो। बिहीबार बिहान बसेको उक्त बैठकको निर्णयानुसार अबदेखि निक्षेपको ब्याजदर तोक्ने जिम्मा बैंकलाई नै हुने छ। आगामी साउन १ बाट कार्यान्वयन हुने गरी बैंकहरूले ब्याजदर आफैं बढाउन, घटाउन वा यथावत् राख्न…

Read More

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । २७ असारमा कार्यालयको टोलीले काठमाडौंको असन घर भई नयाँ बजार बस्ने ५९ वर्षका केशव तुलाधरलाई सानो भर्‍याङबाट पक्राउ गरेको हो । उनीमाथि ठगी तथा संगठित अपराध समेतको कसुरमा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी तथा संगठित अपराधको मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दाको थुनछेक बहसपछि कांग्रेस…

Read More

काठमाडौं । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने भएका छन् । जुलाई १४ मा लु नेपाल भ्रमण आउने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । विदेश मन्त्री लुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर पत्नी सीता दाहालको निधनमा समवेदना व्यक्त गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ । दूतावासका अनुसार जुलाई १४ मा उनले नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट गर्ने र दूतावासका कर्मचारीहरूलाई पनि भेट्ने कार्यक्रम तय भएको छ । उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्ने र नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सिप प्रदान गर्न उनीहरूले गरेका प्रयासका…

Read More

काठमाडौं । बालुवाटारस्थित ललिता निवास प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १७ पुगेको छ । भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सिनियर डिभिजन इन्जिनियर (सिडिई) बालकृष्ण श्रेष्ठ र समरजङ्ग कम्पनीका सह–लेखापाल विनोद पौडेललाई नियन्त्रणमा लिएसँगै पक्राउ पर्ने संख्या १७ पुगेको हो । हालसम्म पक्राउ परेकाहरू : १. मीन बहादुर गुरुङ – भाटभटेनी सुपर मार्केटका सञ्चालक, (असार १२) २. सुधीर कुमार शाह – पूर्व निर्वाचन आयुक्त । ३. धर्म प्रसाद गौतम- शाखा अधिकृत ४. गोपाल कार्की, अवकाश प्राप्त खरिदार ५. शिवजी भट्टराई, तत्कालीन वडा सचिव (असार १७) ६. घमान कुमारी कार्की- नापी सर्वेक्षक ७.बाबुराजा महर्जन- नक्कली मोही ८.रमेश कुमार पोखरेल- समरजङ्ग कम्पनीका तत्कालीन…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका संस्थागत विद्यालयमा कक्षा ११ मा छात्रवृत्तिमा पढ्ने विद्यार्थी छनोट गर्न लिइने परीक्षाका लागि अनलाइन आवेदन आह्वान गरेको छ। शैक्षिक सत्र २०८०/८१ अन्तर्गत कक्षा ११ मा छात्रवृत्ति पाउन इच्छुक विद्यार्थीले आज बिहान १० बजेदेखि साउन १२ गतेसम्म महानगरपालिकाको वेबसाइट वा इन्ट्रान्स डट काठमाडौं डट जीओभी डट एनपीमा आवेदन पेस गर्नुपर्नेछ। विज्ञान, व्यवस्थापन, मानविकि, शिक्षा, कानुन र प्राविधिक विषयमा छात्रवृत्ति छनोट परीक्षा हुने महानगरपालिकाको शिक्षा विभागले सूचनामार्फत जानकारी दिएको छ। परीक्षा साउन २० गते बिहान ११ बजे सुरु हुने जनाइएको छ। हेर्नुहोस् सूचना-

Read More

काठमाडौं । नेपालमा अहिले मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले कोशी, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज (बिहीबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसमविदले जनाएका छन् । सबै प्रदेशका केहि स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । आज राति भने देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी…

Read More

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप आजदेखि श्रीलंकामा शुरु हुँदैछ । प्रतियोगिताको पहिलो दिन आज समूह ’ए’ का दुई खेल हुँदैछन् । घरेलु टोली श्रीलङ्का ‘ए’ र बङ्लादेश ‘ए’ बीचको खेल सिंहालिस स्पोर्ट्स क्लब कोलम्बोमा हुँदैछ । त्यस्तै, आजको अर्को खेलमा अफगानिस्तान ‘ए’ र ओमान ‘ए’ कोलम्बो क्रिकेट क्लबमा खेल्नेछन् । यी खेल नेपाली समय अनुसार बिहान सवा १० बजे शुरु हुनेछ । प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ’ए’ मा श्रीलङ्का ‘ए’, बङ्लादेश ‘ए’, अफगानिस्तान ‘ए’, र ओमान ‘ए’ तथा समूह ’बी’ मा पाकिस्तान ‘ए’, भारत ‘ए’, नेपाल र यूएई ‘ए’ रहेका छन्…

Read More