Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । ४७५ जना कर्मचारीको सरुवा गरिएको छ । निजी सहायकदेखि कार्यालय सहयोगीसम्मका विभिन्न श्रेणीका…
काठमाडौं । एमाले मतदान स्थगित भएको छ । बुधबार बिहान ८ बजेदेखि मतदान सुरू हुने…
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि साँझ ७ बजेबाट मतदान हुने भएको छ। पार्टी…
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका धर्मलाल गिरीको उम्मेदवारी खारेज भएको छ ।…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- ४७५ कर्मचारीको सरुवा, को कहाँ ?
- एमाले महाधिवेशनः मतदान स्थगित, बुधबार ८ बजेबाट हुने
- एमाले महाधिवेशनः मतदान साँझ ७ बजेदेखि राति १ बजेसम्म
- एमाले महाधिवेशनः २ जनाको उम्मेदवारी खारेज, १४ को फिर्ता र ११ केन्द्रीय सदस्य सर्वसम्मत
- पत्रकारमाथि दुर्व्यवहार गर्नेलाई कानुनी दायरामा ल्याउन पत्रकार महासंघको माग
- ५ महिनामा ४ खर्ब ९ अर्ब रुपैयाँ राजस्व संकलन
- डलर हालसम्मकै उच्च विन्दुमा
- एमाले ११औँ महाधिवेशनः निर्वाचन अपरान्ह ४ बजेपछि मात्रै सुरु हुने
- चाइनाको जिन्युसहित ११ कम्पनी कालोसूचीमा
- एमाले महाधिवेशनः यी हुन् केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचितहरु
Author: हाम्राे हेडलाइन
काठमाडौं । आज साउने सङ्क्रान्ति पर्व, परम्पराअनुसार स्नान, दान र आफन्तहरु जमघट भइ रमाइलो गरी मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिको रुपमा मनाउने परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ । असार महिनाभर रोपाइँमा व्यस्त हुने भएकाले हिलोमैलोबाट लाग्ने छालासम्बन्धी रोग ठीक पार्न भन्दै साउने सङ्क्रान्तिको दिन बेलुका लुतो फाल्ने चलन पनि चलिआएको छ । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा,…
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।आइतबार पत्रकार सम्मेलन गर्दै निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले इन्धनको मूल्य घटेको जानकारी दिएका हुन् । थानीका अनुसार पेट्रोल छ रुपैयाँले घटेर ‘क’ वर्गमा १६१.५०, ख वर्गमा १६३ र ‘ग’ वर्गमा १६४ रुपैयाँमा झरेको छ। त्यस्तै डीजल र मट्टीतेलमा समान चार–चार रुपैयाँ घटेको छ। एलपी ग्यासमा १० रुपैयाँ घटेको छ। अब एलपी ग्याँस एक हजार ७९० रुपैयाँ पर्नेछ। डिजेलको नयाँ मूल्यअनुसार ‘क’ वर्गमा १४३.५, ‘ख’ वर्गमा १४५ र ‘ग’ वर्गमा १४६ रुपियाँ पुगेको छ। घटेको नयाँ मूल्य आज राति १२ बजेदेखि कार्यान्वयन हुनेछ ।
काठमाडौं । फिफा इन्टरनेशनल महिला फुबटल शृंखला २०२३ को उपाधि नेपालले जितेको छ । गोलकिपर एन्जिला तुम्बापो सुब्बा चम्किएपछि फाइनलमा बंगलादेशलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै नेपालले पहिलोपटक आयोजना गरिएको यो शृंखलाको च्याम्पियन बनेको हो । नेपालको जितमा सावित्रा भण्डारी, हीराकुमारी, दीपा शाही र अनिता केसीले गोल गरे । बंगलादेशको तर्फबाट संसुन नहार र मोनिका चक्माले मात्र बललाई जाली चुमाउन सके । बंगलादेशका तीन दुई पेनाल्टी प्रहारलाई नेपाली गोलरक्षक एन्जिलाले रोकेकी थिइन् । नेपालको तर्फबाटा तेस्रो पेटाल्टी प्रहार गर्न उनै एन्जिला आएकी थिइन् । तर, उनले गोल गर्न भने सकिनन् । उनको प्रहार पोष्टमा लागेर फर्किएको थियो । उनले सुलियाजिन…
काठमाडौं । सातौँ राष्ट्रिय प्रधानमन्त्री एनभीए पुरुष तथा महिला भलिबल प्रतियोगितामा गत असार २५ भएको खेलका क्रममा दर्शकमाथि जाइ लाग्ने त्रिभुवन आर्मी क्लबका खेलाडीहरु कारबाहीमा परेका छन्। लिग खेलकै क्रममा प्यारापिटमा रहेका दर्शकहरुमाथि मुक्का बर्साउने काममा संलग्न आर्मी क्बलका धनबहादुर भट्ट, राजेन्द्र विष्ट र धनपति कुँवरमाथि नेपाल भलबिल संघले प्रतिबन्ध लगाएको हो। नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठका अनुसार धनबहादुरलाई ६ महिना तथा राजेन्द्र र धनपतिलाई तीन-तीन महिनाको प्रतिबन्ध लगाइएको हो। घटनामा संलग्न रहेको आरोपमा हरिहजुर थापालाई राष्ट्रिय टिमको कप्तानीबाट बर्खास्त गरिएको छ। उनी आर्मी क्लबको पनि कप्तानी गर्छन्। श्रेष्ठले छानबिन समितिको तर्फबाट दर्शक, खेलाडी र अफिसियलहरुमा खेलभावना नदेखिएको निष्कर्ष…
काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को बजेट राष्ट्रपतिबाट प्रमाणीकरण भएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रमाणीकरण गरेका हुन्। राष्ट्रपति कार्यालयले आइतबार एक विज्ञप्ति जारी गरेर बजेटसँग सम्बन्धित तीनवटै विधेयक प्रमाणीकरण भएको जानकारी दिएको हाे। अर्थमन्त्री डा. प्रकाशशरण महतले गत १५ जेठमा आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएका थिए। उक्त विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभामा छलफल भई पारित भएपछि राष्ट्रपतिसमक्ष पठाइएको थियो। राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछि अब बजेट कार्यान्वयनका लागि बाटो खुलेको छ। आगामी आर्थिक वर्षको बजेट भाेलि (साउन १ गते सोमबार) देखि कार्यान्वयन हुनेछ।
काठमाडौं, ३१ असार । त्रिवि अर्थशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक उमाशंकर प्रसाद जनता समाजवादी पार्टीको केन्द्रीय सदस्य रहेको भन्दै तीन दिनभित्र हटाएको विवरण पठाउन निर्वाचन आयोगले निर्देशन दिएको छ। निर्वाचन आयोगको केही दिनअघि बसेको बैठकले उमाशंकरलाई केन्द्रीय कमिटीबाट हटाउन निर्देशन दिएको हो। ‘राजनीतिक दल सम्वन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ग) मा स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई दलको सदस्यता प्रदान गर्न नमिल्ने कानूनी व्यवस्था भएकोमा त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्द्रीय विभागमा कार्यरत सहप्राध्यापक उमाशंकर प्रसाद जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय सदस्य रहेको भन्ने उजुरी आएको थियो,’ आयोगका एक सदस्यले भने, ‘उजुरी निवेदनसाथ पेश गरेका कागजात…
काठमाडौं । भारतबाट डिजेलको मूल्य बढेर र पेट्रोलको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । निगमले पाएको नयाँ मूल्य सूची अनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ भने पेट्रोलको मूल्य ३४ पैसाले घटेको छ । नयाँ मूल्य सूचीपछि पनि निगम सबै पेट्रोलियम पदार्थमा नाफामा छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे अनुसार नेपालमा निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छैन । अहिले निगम पाक्षिक १ अर्ब भन्दा बढी नाफामा छ । यसअघि सबैभन्दा बढी नोक्सानीमा रहने एलपीजी ग्याँसमा समेत निगम अहिले नाफामा छ ।
काठमाडौं । जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म आजदेखि रेल चल्ने भएको छ । बिहान १० बजे महोत्तरीको भङ्गहा स्टेशनमा रेल सेवाको उद्घाटन गर्ने तयारी छ । यसअघि गएको २०७८ साल चैत २० गतेदेखि जयनगरबाट धनुषाको कुर्थासम्म रेल सञ्चालन हुँदै आएको थियो । यो सेवालाई विस्तार गर्दै आजदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालन गर्न लागिएको हो। जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग बनेसँगै बिजलपुरासम्म रेल सञ्चालन हुन लागेको हो । निर्माणकार्य सम्पन्न भएको कुर्थाबाट बिजलपुरासम्मको रेलवे ट्रयाक गएको जेठ १८ गते भारतीय रेलवे कम्पनी इरकन इन्टरनेशनल कम्पनी लिमिटेडका महाप्रबन्धक दीपक कुमारले नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जनकुमार झालाई…
काठमाडौं । आज कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद्हरुका अनुसार कोशी र बाग्मती प्रदेशका एक, दुई ठाउँमा दिउँसो तथा राति बाग्मती र गण्डकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान छ । आज खासै धेरै पानी पर्ने सम्भावना नरहेको मौसमविद् अधिकारीले जानकारी दिए । उनका अनुसार भोलि दिउँसो पछि भने पश्चिमी क्षेत्रमा पनि मनसुन सक्रिय हुने अनुमान छ । भोलि र पर्सि कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने मौसमविद् सञ्जीव अधिकारीले बताए । आज भन्दा भोलि र…
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकबाट मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्न विधेयक,२०८० पारित गर्ने कार्यसूची रहेको छ। बैठकको सुरूवातमा उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरू ज्ञान बहादुर शाही, प्रेम सुवाल, सोबिता गौतम र सुमना श्रेष्ठबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत हुनेछ। त्यसपछि कानुनमन्त्री धनराज गुरूङले विधेयक पेस गर्नेछन्। विधेयकमाथि प्राप्त संसोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ । आजकै बैठकमा शिक्षामन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
