Author: हाम्राे हेडलाइन

काठमाडौं । देशभर ५३ प्रतिशत धान रोपाइँ भएको छ । नेपालमा धान रोपाइँका लागि उपयुक्त असार महिना सकिनै लाग्दा यसवर्ष ५३ प्रतिशत मात्र रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । प्रदेशसँगको समन्वयमा कृषि विभागले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार गएको वर्ष भन्दा यसवर्ष १२ प्रतिशत कम रोपाइँ भएको छ । गएको वर्ष असार अन्तिमसम्म ६५ प्रतिशत रोपाइँ भएको थियो । देशभर १३ लाख ५७ हजार हेक्टरमध्ये अहिलेसम्म सात लाख १८ हजार हेक्टरमा रोपाइँ भएको छ । पोहोरको तुलनामा यसवर्ष कम रोपाइँ हुनुमा मनसुन र पशुचौपायामा फैलिएको लम्पी स्किन रोगको मुख्य प्रभाव रहेको कृषि मन्त्रालयका सहसचिव एव प्रवक्ता प्रकाशकुमार…

Read More

लमजुङ । लमजुङ बेसीशहर नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ अनुदान दिने भएको छ । नगरपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उदेश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ । अगामी आर्थिक बर्ष २०८०/०८१ बट नगरपालिकाभित्र रहेका हल गोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गर्ने र प्रोत्साहन भक्त वितरण गर्ने नगरपालिका प्रमुख गमानसिंह अर्यालले बताए । गाँउका खेतबारी विभिन्न अन्नबालीले हराबरा बनाउनका लागि नगरपालिकाले गोरु पाल्ने कृषककालाई भत्तको व्यवस्था गरेको नगरपालिकाले जनाएको छ ।

Read More

काठमाडौं । त्रिभुवन विश्वविद्यालय मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जका एक कर्मचारीको मृत्यु प्रकरणमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। परिवारले आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी दिएपछि प्रहरीले प्रशासन प्रमुख भोजकुमार बस्नेतसहित ४ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा प्रशासन प्रमुख बस्नेतसँगै फार्मेसी इञ्चार्ज जुना स्थापित, फार्सेसी सहायक विष्णु पौडेल र कृष्ण पन्त छन्। शुक्रबार बिहान साढे ८ बजेतिर अस्पतालका फार्मेसी इञ्चार्ज अमृत पोखरेल झुण्डिएको अवस्थामा मृत भेटिएका थिए।

Read More

काठमाडौं । नेपाल टेलिकमले आज (असार २९ गते)देखि लागू हुने गरी समर अफर उपलब्ध गराएको छ।  यसमा सेवाग्राहीको रुची र चाहनाबमोजिम केही नयाँ प्याकेजसहितका अफरहरु उपलब्ध गराइएको छ। त्यसैगरी एफटीटीएच, नमस्ते वाईफाई, सीयूजीलगायत विभिन्न भ्वाइस तथा डाटा प्याकेजहरुलाई थप आकर्षक बनाइएको छ। समर अफर अन्तर्गत उपलब्ध प्याकहरु अल टाइम डाटा प्याकअन्तर्गत रु. ५०० मा २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जीबी डाटा प्याक उपलब्ध भइरहेकोमा अब २० जीबी र रु. ८०० मा २५ जीबी उपलब्ध भइरहेकोमा अब ३५ जीबी डाटा प्याक उपलब्ध हुनेछ। प्रिपेड सस्तो कम्बो प्याकअन्तर्गत सस्तो कम्बो २९९ प्याकमा १५० मिनेट अन नेट भ्वाइस कल, २ जीबी डाटा…

Read More

काठमाडौं । एसीसी इमर्जिङ टिम्स कप पुरुष क्रिकेटको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको छ । नेपालले दिएको १८० रनको लक्ष्य पाकिस्तान ‘ए’ले ३३ औँ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका ललित राजवंशीले ३ पवन सर्राफले २ विकेट लिए । श्रीलङ्कामा टस जितेर ब्याटिङ रोजेको नेपाल ३७ ओभरमा १७९ रनमा अलआउट भएको थियो । नेपालका सोमपाल कामीले ७५ रन बनाउनुबाहेक अरु ब्याटरको भूमिका सम्झनलायक रहेन । सोमपालले १०१ बलमा नौ चौका र दुई छक्का प्रहार गरे । यसबाहेक प्रतिश जीसीले २६, कुशल मल्ल र अर्जुन साउदले १७–१७, गुल्सन झाले १३ र आसिफ शेखले १२…

Read More

काठमाडौं । काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान बीचबाटै फर्काइएको छ । त्रिभुवन विमानस्थलबाट उडेको नाइनएन-एजेओ जहाज समस्या आएको भन्दै १५ मिनेटमै फर्काइएको हो । त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार १ बजेर ५३ मिनेटमा उडेको जहाज १५ माइल उडेपछि ‘इन्डिकेसन’ मा समस्या देखिएपछि फर्काइएको हो । कुन किसिमको समस्या हो भन्ने प्राविधिकहरुले अध्ययन गरिरहेको उनले जनाए ।

Read More

काठमाडौं । राष्ट्र ऋण उठाउने विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले राष्ट्रिय सभाको आजको बैठकमा ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई मूलरूपमै सुझावविना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए । यो प्रस्ताव बहुमतले स्वीकृत भएको हो । विधेयकमाथिको दफाबार छलफलमा सांसदहरुले सार्वजनिक ऋण बढ्दै गएको र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अनुपातमा सार्वजनिक ऋणको प्रतिशत बढिरहेकाले त्यस्तो ऋणको उपादेयता र प्रयोगमाथि प्रश्न उठाउनुभएको थियो । उनीहरुले सार्वजनिक ऋणलाई उत्पादनमूलक क्षेत्रमा लगाइ पुँजी सिर्जना गरिनुपर्ने सुझाव दिएक थिए । त्यस बैठकले आर्थिक विधेयक, २०८० पनि पारित गरेको थियो…

Read More

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । उच्चस्तरीय राजनीतिक भेटघाटसहितका कार्यक्रमका लागि लू केहीबेर अघि काठमाडौं आइपुगेका हुन् । नेपाल बसाइँका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर समवेदना दिने कार्यक्रमसमेत छ । लू र नेपालका परराष्ट्रमन्त्री एनपी साउदबीच आजै दिउँसो भेटवार्ता हुँदैछ ।

Read More

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् । सडकखण्डको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा बागमती प्रदेश ०१–००६ख ५२३७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बस आज बिहान ५ः२० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसी रुखमा अड्किएको छ । बसमा ४० यात्रु सवार थिए । घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजमा, आठ जनाको भरतपुर अस्पतालमा र एक जनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका घाइतेको विवरण: १. भारत सिलगुडी…

Read More

काठमाडौं । विद्यालयको जमिन अवैध रुपमा उत्खनन् गरेर माटो बिक्री गरी भ्रष्टचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मुद्दा दायर हुनेमा कञ्चनपुर लालझाडी गाउँपालिका वडा नं. ४ स्थित बैजनाथ बहुभाषिक आधारभूत विद्यालयका प्रधानाध्यापक सुरेन्द्रबहादुर बोहरा र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लक्ष्मण राना छन् । माटो किन्ने भगवती इँटा उद्योगका व्यवस्थापक राजेन्द्रबहादुर भाट र सिद्ध वैजनाथ इँटा उद्योगका सञ्चालक धनबहादुर विष्टलाई पनि अख्तियारले मुद्दा दायर गरेको छ । उनीहरुले बहुभाषिक आधारभूत विद्यालय डाङाजाईको हाताभित्र आर्थिक वर्ष २०७६र०७७ र २०७७र०७८ मा माटो उत्खनन् गरी जमिन समथर र पोखरी निर्माण गर्दा तत्कालीन…

Read More