Author: हाम्राे हेडलाइन

काठमाडौं । नेकपा एमालेबाट मन्त्री बनेकाहरूले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका छन्। सोमबार एमाले सचिवालय बैठकले सरकार छाड्नुका साथै समर्थन फिर्ता लिने निर्णय गरेपछि उनीहरूले राजीनमा बुझाएका हुन्। उपप्रधानमन्त्री विष्णु पौडेलसहित एमालेका सबै मन्त्रीले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका हुन्। एमालेबाट मन्त्रिपरिषद्‌मा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, कृषि मन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी थिए। यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, रक्षामन्त्री हरि उप्रेती, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र भूमिसुधार मन्त्री राजेन्द्रकुमार राई रहेका थिए।

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले उपयुक्त समय नआउन्जेलसम्मका लागि सरकारलाई दिएको समर्थन यथावत् राख्ने निर्णय भएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । उनले बैठकले राष्ट्रपति निर्वाचनका लागि नेकपा (एमाले) र नेपाली कांग्रेस दुवै दलले सहयोग मागेपनि अहिलेसम्म पार्टीले कसलाई समर्थन गर्ने भन्ने बारेमा कुनै निर्णय लिई नसकेको स्पष्ट पारे । सहमहामन्त्री बुर्लाकोटीले बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे पार्टी सभापति रवि लामिछानेले ब्रिफिङ गरेका थिए ।

Read More

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाले किसानहरुलाई व्यवसायिक मौरीपालन सम्बन्धी तालिम दिएको छ । कम्तिमा दुई घारसहित मौरिपालन गरिरहेका पालिका भित्रका किसानलाई तालिम दिइएको हो । सात दिनसम्म सञ्चालन हुने उक्त तालिममा पालिकाभित्रका नौ वटै वडाका ३० जनाको सहभागिता रहेको छ । नौथर सेरास्थित गाउँपालिकाको सभाहलमा आइतबारबाट शुरु भएको तालिमको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले उद्घाटन गरेका छन् । परम्परागत रुपमा मौरी पालन गर्दै आएका कृषकहरुलाई व्यवसायिक वन्न गाउँपालिकाले सिपमूलक तालिमको आयोजना गरेको भन्दै गाउँपालिका अध्यक्ष अधिकारीले यस तालिमले व्यवसाय प्रवद्र्धन सँगै आयआर्जनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । सामाजिक विकास समितिका अध्यक्ष अम्बिका मरहठ्ठाको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा गाउँपालिका…

Read More

काठमाडौं । नेकपा एमालेले सरकारबाट बाहिरिने भएको छ । सोमबार बसेको पार्टी सचिवालयको आकस्मिक बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । मन्त्रीहरुले आजै राजीनामा बुझाउने भएका छन् । त्यस्तै नेकपा एमालेले प्रचण्ड नेतृत्वमाथिको समर्थन पनि फिर्ता लिएको छ ।

Read More

काठमाडौं । नाबालिगमाथि जबरजस्ती करणी मुद्दामा हिरासतमा रहेका अभिनेता पूर्णविक्रम शाह (पल शाह) रिहा भएका छन् । उच्च अदालत पोखराबाट आइतबार सफाइ पाएपछि शाह आज तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पूरा गरेर छुटेका हुन् । शाहलाई उनका कानुन व्यवसायी कमलामोहन वाग्ले र परिवारका सदस्यले जिम्मा लिएका छन् । जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरे पनि उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्ट्याइ दिएपछि पल शाहले सफाइ पाएका हुन् । शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै एक गायिकाले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन् ।

Read More

जनक श्रेष्ठ लमजुङ, १५ फागुन । लमजुङको दोर्दी गाउँपालिका किसानमैत्री बन्दै गएको छ । गाउँपालिकाले हरेक रुपमा गाउँपालिकाभित्रका किसानलाई सहयोग गर्दै आएको छ । यस्तै हालै पालिकाले किसानलाई ४८ वटा भेंडा सहयोग गरेको छ । गाउँपालिकाले वडा नं. ८ मा रहेको सात कन्यादेवि भेडापालन समूहलाई यतिका भेँडा सहयोग गरेको हो । किसानहरुलाई ४८ वटा भेला सहयोग गरेको छ । गाउँपालिका अध्यक्ष युवराज अधिकारीले समूहका अध्यक्ष भुवनसिंह घलेलाई भेँडा हस्तान्तरण गर्दै भेँडा संरक्षणमा गाउँपालिका लागेकाले व्यवसायिक भेँडापालनमा थप टेवा पुग्ने लक्ष्यका साथ यसरी सहयोग गरिएको बताए । पालिका तथा पालिका बाहिर मासु ऊन दुधबाट बनेका परिकारहरु निर्यात गरी किसानको जिवनस्तर उकास्न…

Read More

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद सचिवालका अनुसार सोमबार दिउँसो दिनको १ बजे प्रतिनिधिसधा बैठक बस्न लागेको हो। राष्ट्रपति कार्यालयबाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताव पारित गरिने बुझिएको छ।

Read More

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। बिहान देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन रचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यस्तै आज राती देशको पहाडी भू–भागमा आंशिक बदली…

Read More

काठमाडौं । लमजुङको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धिका लागि योजनाबद्ध रुपमा लाग्नुपर्ने बताएका छन् । ग्रामीण भेग तथा जिल्लामा मात्र नभएर मुलुकमै सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्किँदो क्रममा रहेकाले सोको सुधारका लागि योजना बनाएर लाग्नुपर्ने बताए । वडा नं. ६ ढोडेनी सरन्चोकमा रहेको ढोडेनी आधारभूत विद्यालयले ६० औँ वार्षिकउत्सव तथा अभिभावक दिवसका अवसरमा प्रमुख अतिथि अधिकारीले केहि विद्यालयको शैक्षिक स्तर राम्रो भएपनि सरकारी विद्यालयले प्रदान गर्ने शिक्षाप्रति आम अभिभावकको धारणा हेराई फरक रहेको बताए । गाउँपालिका अध्यक्ष अधिकारी सरकारी विद्यालयमा विद्यार्थी संख्या वृद्धि गर्न शैक्षिक अवस्थामा सुधार ल्याउन आवश्यक रहेको धारणा व्यक्त गरे । पालिका…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’को निर्देशनमा परराष्ट्रमन्त्री बिमला राई पौडेलको जेनेभा भ्रमण रद्द भएको छ। परराष्ट्रमन्‍त्री पौडेल मानवअधिकार काउन्सिलको कार्यक्रममा भाग लिन आज बेलुका जेनेभा जाने तयारी थियो। पौडेल नेकपा एमालेको तर्फबाट परराष्ट्रमन्त्री बनेकी थिइन्। राष्ट्रपति निर्वाचनका लागि बदलिएको सत्ता समीकरणका कारण प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीको भ्रमण रोक्न निर्देशन दिएको हुनसक्ने बताइएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्रीको निर्देशनसँगै परराष्ट्रमन्त्री पौडेलले जेनेभा भ्रमण रद्द गरेकी छन्। परराष्ट्र मन्त्रालयले आइतबार गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले आफ्नो भ्रमणबारे जानकारी गराएकी थिइन्। पत्रकार सम्मेलनमा मन्त्री पौडेलले आफ्नो जेनेभा भ्रमण रोक्न कसैबाट निर्देशन नआएको बताएकी थिइन्।

Read More