Author: हाम्राे हेडलाइन

काठमाडौं । उच्च अदालत पोखराले नाबालिग बलात्कार अभियोग लागेका पूर्ण विक्रम शाह (पल शाहंलाई सफाई दिएको छ । सफाई पाएसँगै शाह सोमबार जिल्ला कारागार तनहुँबाट रिहा हुने छन् । नाबालिग बलात्कार अभियोगमा जिल्ला अदालत नवलपुरले दिएको आदेश विरुद्ध जिल्ला सरकारी वकिल र अभियुक्त शाह पक्षले उच्च अदालतमा दिएको पुनरावेदनमा आइतबार भएको बहसपछि अदालतले अभियोग दाबी नपुग्ने फैसला गरेको हो। नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले गत भदौ २० गते शाहलाई बलात्कार अभियोगबाट सफाई दिएको थियो।

Read More

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाटो नभएको ठाउँमा पुल बनाउने ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गोरखा नगरपालिका–३ मा बाटो नभएको स्थानमा पुल बनाएर भ्रष्टाचार गरेको आरोपमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र महरहट्टासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले महरहट्टासहित भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुङ्गानाविरुद्ध मुद्दा दायर गरेको हो । गोरखा नगरपालिकाको जरेबरमा नारेश्वर जोड्ने पक्की पुल दुबैतर्फ सडक नभएको स्थानमा निर्माण गरिएको थियो । उनीहरुले ५ करोड ४५ लाख ५२ हजार…

Read More

काठमाडौं । राष्ट्रपति निर्वाचनका उम्मेदवारहरुविरुद्ध कुनै उजुरी नपरेको निर्वाचन आयोगले बताएको छ। शनिबार मात्र राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङको उम्मेदवारी परेको थियो। उक्त उम्मेदवारीविरुद्ध आइतबार बिहान १० बजेदेखि २ बजेसम्म उजुरी गर्ने समय निर्वाचन आयोगले उपलब्ध गराएको थियो। तर उक्त समयमा उम्मेदवारहरुविरुद्ध कुनै उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ। ‘राष्ट्रपति निर्वाचन २०७९ को लागि निर्वाचन आयोग नेपालको कार्यतालिका अनुसार बिहान १० बजेदेखि १४ बजे सम्म राष्ट्रपति पदमा मनोनयनपत्र दर्ता भएका उम्मेदवारहरुको विरोधमा उजुरी दिने समय तोकिएकोमा सो समयभित्र कुनै पनि उजुरी नपरेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारसँगको अन्तक्र्रियामा उनले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको उल्लेख गरे। प्रधानमन्त्री दाहालले भने, ‘आज जनयुद्धका क्रममा पहिलो बलिदान गर्ने सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस पनि हो। विसं २००७ को क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका सहिद हाम्रा राष्ट्रिय गौरव हुन्, उनीहरूको उच्च सम्मान गर्नुपर्छ। त्यसैले वर्तमान सरकार जनयुद्धलगायत सबै आन्दोलनका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारीमा छ।’ सत्यनिरूपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको जानकारी दिँदै…

Read More

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतको आदेशको विरुद्धमा क्रिकेट खेल्नका लागि वदेश जान पाउनुपर्ने माग राख्दै दायर गरेको मुद्दाको अन्तिम फैसला आज हुँदैछ। शुक्रबार सर्वोच्च अदालतबाट आदेश नआएपछि आजका लागि अन्तिम सुनुवाई तोकिएको थियो। सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सन्दीपले विदेश जान पाऊँ भन्दै दिएको निवेदन र उनलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश उल्ट्याउन माग गर्दै सरकारी वकिलको कार्यालयले दायर गरेको पुनरावलोकन निवेदनलाई एकसाथ पेस गर्न आदेश दिएको थियो।

Read More

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको उप–महासचिवमा गायक तथा सर्जक हरि डाँगी निर्विरोध निर्वाचित भएका छन् । धादिङमा जारी आठौं केन्द्रीय महाधिवेशनमा डाँगी निर्विरोध निर्वाचित भएका हुन् । डाँगी निवर्तमान सचिव समेत हुन् । ब्लू ओशन रिक्रूटमेन्ट प्रा. लि.का सञ्चालक समेत रहेका डाँगीले आफुलाई निर्विरोध निर्वाचित गरेकोमा धन्यवाद समेत व्यक्त गरेका छन् । यस्तै प्रतिष्ठानको अध्यक्षमा रीता थापा मगर निर्विरोध निर्वाचित भएकी छन् । वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित भएका छन् । प्रथम उपाध्यक्षमा रामजी खाँण, उपाध्यक्षमा क्रमशः सुवास केसी, दीपक खड्का र राधिका हमाल पनि निर्विरोध निर्वाचित भए । निर्विरोध निर्वाचित हुनेहरुमा महासचिव शिव हमाल,…

Read More

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रीता थापा मगर निर्विरोध निर्वाचित भएकी छन् । धादिङमा जारी आठौं केन्द्रीय महाधिवेशनमा मगर अध्यक्षमा निर्विरोध भएकी हुन् । वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित भएका छन् । प्रथम उपाध्यक्षमा रामजी खाँण, उपाध्यक्षमा क्रमशः सुवास केसी, दीपक खड्का र राधिका हमाल पनि निर्विरोध निर्वाचित भए । निर्विरोध निर्वाचित हुनेहरुमा महासचिव शिव हमाल, उपमहासचिवद्धय हरि डाँगी र शिरिष देवकोटा छन् । अमृता अधिकारी कोषाध्यक्षमा र जमुना राना महिला सचिवमा निर्विरोध भए । उपाध्यक्ष खुल्ला, सचिव भूगोल गण्डकी प्रदेश, सचिव खुल्ला, सहकोषाध्यक्ष खुल्ला, महिला सदस्य, खुल्ला सदस्य, सदस्य भूगोल प्रदेश १, सदस्य…

Read More

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाका भेंडाबाख्राको निःशुल्क शिविर आयोजना गरिएको छ । शिविरमा १ हजार ८७८ भेंडाबाख्राको उपचार गरिएको छ । दोर्दी गाउँपालिकाले गुम्ती गोठका भेडाबाख्रालाई लक्षित गरेर गरिएको डिपिङ र ड्रेन्चीङ निशुल्क शिविरमा यतिका भेंडाबाख्राको उपचार गरिएको हो । पालिकाले वडा नंं ५ पाचोकमा १ हजार १ सय र वडा नं. ६ मा ८७८ वटा भेंडालाई आयोजित शिविरमा आन्तरिक र बाह्य पराजिवि नष्ट गर्नका लागि औषधी खुवाइएको थियो । पशुपन्छी शाखाका प्रमुख शंकर पन्थीका अनुसार भेंडाहरुका लागि चार ठाउँमा कार्यक्रमको आयोजना गर्ने लक्ष्यका साथ बढाइएको छ । सो दुई ठाउँमा सम्पन्न भएको छ भने, अब दुई ठाउँमा यस्तै शिविर…

Read More

काठमाडौं । नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएका छन् । पौडेललाई कांग्रेस सहीत ८ दलको समर्थन छ। पूर्व सभामुख रहेका नेता पौडेलले शनिबार संसद भवन नयाँ बानेश्वरस्थित निर्वाचन अधिकतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक कुमार राई र अब्दुल खान रहेका छन् ।

Read More

काठमाडौं । नेकपा एमालेको तर्फबाट राष्ट्रपतिमा एमाले उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दर्ता गरेका छन्। बानेश्वरस्थित संसद् भवनमा पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन्। उनले शनिबार दिउँसो पौने १ बजे संसद् भवनमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। नेम्वाङको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन् ।

Read More