Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
Notice: Undefined variable: user_id in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: tags in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: show_num in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रिहा गर्न उच्च अदालत तुलसीपुर, बुटवल…
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १०.६६ अंकले घटेर २६१५.०३ विन्दुमा पुगेको…
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा पदाधिकारीतर्फ सबैभन्दा धेरै मत पृथ्वीसुब्बा गुरुङले पाएका छन्। बिहीबार…
काठमाडौं । । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश
- बिहीबार नेप्से परिसूचक घट्यो, कारोबार बढ्यो
- एमाले पदाधिकारीमा पृथ्वीसुब्बाले पाए सर्वाधिक मत
- यस्तो बन्यो एमालेको १९ सदस्यीय पदाधिकारी
- जेनजी आन्दोलन : सञ्चार क्षेत्रमा करिब ७८ करोड बराबरको क्षति
- एमाले अध्यक्षमा ओली विजयी, महासचिवमा पोखरेल
- सकियो एमालेको मतदान, गणनाको प्रक्रिया सुरु
- जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप्न आग्रह
- बझाङमा खेल मैदान बनाउँदा १४ लाख बढी हिनामिना, ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- शेयर बजार लगातार बढ्यो, कारोबार ४ अर्ब नाघ्यो
Author: हाम्राे हेडलाइन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि छलफल अगाडि बढाएका छन् । यस क्रममा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारबाट बाहिरिएपछि प्रचण्डले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न छलफल सुरु गरेका हुन् । रास्वपाले आइतबार मात्र सरकारबाट बाहिरिने निर्णय गरेको छ । यद्यपि, उसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।
लमजुङ । बेसिशहर नगरपालिका-११ चिति तिलाहरमा ‘तेस्रो सेभेन ए साइड ’खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । फागुन १ गतेदेखि चिति युवा क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा प्रथमले नगद ७५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र, द्धितीयले नगद ४५ हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सेमि फाइनलमा प्रवेश दुवै टिमले नगद १० हजार प्राप्त गर्नेछन् । यस्तै सर्वाधिक गोलकर्ताले नगद २५ सय, ट्रफि, मेडल र प्रमाणपत्र, उत्कृष्ट खेलाडीले नगद २५ सय ट्रफि, मेडल र प्रमाणपत्र, उत्कष्ट गोल रक्षकले नगद २५ सय ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गर्नेछन् । प्रतियोगिताका लागि यहि माघ २९ गतेदेखि फागुन १…
काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजनाबाट पीडित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरिसकेकामा आजदेखि सर्वसाधारणका लागि प्रतिकित्ता रु एक सय अङ्कित दरमा चार लाख १५ हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन(आइपीओ)को बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी रु ५० करोडको १० प्रतिशतले हुने रु पाँच करोड मूल्य बराबरको कूल पाँच लाख कित्ता साधारण शेयरमध्ये ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, २५ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको र १० हजार कित्ता कर्मचारीलाई छुट्याई बाँकी चार लाख १५ हजार…
काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध भएकी छन् । सोमबार बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेश तिमल्सिनाले अर्याललाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । उपाध्यक्षका लागि तोकिएको मनोनयनको समयमा अर्यालको मात्रै उम्मेदवारी परेपछि उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको जनाइएको छ । राष्ट्रियसभा उपाध्यक्षमा नेपाली कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले पनि अर्याललाई समर्थन गरेको थियो ।
एजेन्सी । टर्कीमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ । दक्षिण–पूर्वी टर्कीको गाजियान्टापमा बिहान ४ बजेर १७ मिनेटमा शक्तिशाली भूकम्प गएको अमेरिकाको जियोलोजिकल सर्भेले जनाएको छ । सिरियासँगको सीमा नजिकै शक्तिशाली भूकम्पमा परी कम्तीमा १० जना नागरिकको मृत्यु भएको प्रारम्भिक विवरण आएको त्यहाँका स्थानीय अधिकारीहरूले बताएका छन् । भूकम्पको धक्का राजधानी अंकारासहित टर्कीका विभिन्न सहरहरूमा महसुस गरिएको छ । भूकम्पको धक्का सिरिया र लेबनानसम्म महसुस गरिएको बेलायती अखबार दि गार्डियनले जनाएको छ । शक्तिशाली भूकम्पपछि पराकम्पहरु आइनै रहेको त्यहाँका अधिकारीले बताएका छन् । भूकम्प आएसँगे त्यहाँका नागरिकहरु घर छाडेर सार्वजनिक ठाउँहरुमा शरण लिइरहेका छन् ।
काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो। कम्पनीले माघ ९ गतेदेखि १२ गतेसम्म प्रतिशेयर १०० अंकित मूल्यका १७ लाख ४३ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। सो आईपीओमा परेका कुल आवेदनमध्ये १२ लाख ९८ हजार ६९३ आवेदकबाट १ करोड ४४ लाख ४६ हजार ५६० कित्ताका लागि स्वीकृत आवेदन परेको थियो। सोमध्ये १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् । आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पार्टीका सभापति रवि लामिछानेले पार्टीबाट मन्त्री बनेकाहरुले आइतबार नै राजीनामा बुझाउने बताएका थिए । पार्टीको निर्णयअनुसार रास्वपाबाट मन्त्री बनेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर राजीनामा दिएका हुन् ।
काठमाडौं । प्रहरीले काठमाडौं न्यूरोड क्षेत्रबाट ७८ लाख ५० हजार रुपैयाँसहित दुईजना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानरपालिका–९ घर भई हाल विजुली बजार बस्ने २३ वर्षीय किशोर चौधरी र कैलालीको गोदावरी नगरपालिका–१० घर भई हाल विजुलीबजार १० बस्ने ५९ वर्षीय दिपेन्द्रबहादुर मल्ल रहेका छन् । काठमाडौं न्यूरोड एरियामा विभिन्न व्यक्तिहरुले नेपाल राष्ट्र बैंकले आदेशविपरीत हुण्डीको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमध्ये दिपेन्द्र मल्लले विगत ५ वर्षदेखि र किशोर चौधरीले विगत ४ महिनादेखि न्युरोड क्षेत्रमा विभिन्न व्यक्तिहरुबाट हुण्डीको रकम संकलन गर्ने र बैंकमा डिपोजिट…
काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा आफू रहेको बताएका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री दाहालले यस्तो प्रतिक्रिया जनाएका हुन् । उनले आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाँझ संक्षिप्त प्रतिक्रिया दिँदै आफूले राष्ट्रिय सहमति नै गरेर अघि बढ्ने कुरा गरिरहेको उल्लेख गरे । सर्वोच्च अदालतको फैसलापछि रास्वपालाई केही असहजता भएको आफूले अनुभूति गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यस्ता अप्ठ्यारालाई छलफल गरी हल गर्ने बताए । प्रधानमन्त्री दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग आइतबार बिहान भएको भेटमा मन्त्रीहरु फिर्ता बोलाए पनि…
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता एवम् पूर्व सांसद रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउन आदेश दिएको छ । नेता चौधरीले आफूविरुद्ध जन्मकैदको फौसला खारेज हुनुपर्ने माग राखेर सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए । उक्त मुद्दाको आइतबार न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले सुनुवाइ गर्दै प्रत्यर्थी झिकाउने आदेश दिएको हो । सर्वोच्चको प्रत्यर्थी झिकाउने आदेशसँगै यस मुद्दामा अब पुनः बहस तथा सुनुवाइ हुनेछ । बहसपछि मिसिल र प्रमाणको अध्ययन हुनेछ । वि.सं.२०७२ भदौ ७ मा कैलालीको टीकापुरमा आन्दोलनकारी र प्रहरीबीचच झडप हुँदा प्रहरी वरिष्ठ उपरीक्षक सेती अञ्चलका प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका पाँच जना तथा…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
