Author: हाम्राे हेडलाइन

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले टर्कीका भूकम्पपीडितलाई सघाउन स्वास्थ्य टोली र सहयोग पठाउने निर्णय गरेको हो। बैठकमा परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले आवश्यक सहयोग पठाउनुपर्ने बताएका थिए। बैठकमा प्रधानमन्त्री दाहालले टर्की असल मित्रराष्ट्र भएकाले सक्दो सहयोग गर्नुपर्ने बताएका थिए। भूकम्पपीडितको सहयोगका लागि स्वास्थ्य टोलीसँगै स्वास्थ्य सामग्री, राहत सामग्री र खाद्य सामग्री पठाउने निर्णय भएको छ। यसका लागि आवश्यक तयारी गर्न प्रधानमन्त्री दाहालले परिषद्लाई निर्देशन दिएका छन्। बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शंकरदास बैरागी लगायत सुरक्षा निकायका प्रमुख उपस्थितत थिए। टर्कीमा गएको भूकम्पमा परी टर्की र सिरियाका नौ हजारभन्दा बढी नागरिकको मृत्यु…

Read More

काठमाडौं । राष्ट्र बैंकले नौ वाणिज्य बैंकलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी नियम पालनामा लापरवाही गरेको र अन्य नियमहरू पालना नगरेको भन्दै कारवाही गरेको छ। प्रभु, कुमारी, तत्कालिन बैंक अफ काठमाण्डु (हाल ग्लोबल आइएमई), प्राइम कमर्सियल सम्पत्ति शुद्धिकरणमा गम्भिर लापरवाही गरेको भन्दै प्रति बैंक ५० लाख रुपैयाँको दरमा जरिवाना गरिएको छ। अन्य नियमहरू पालना नगरेको आधारमा माछापुच्छ्रे , सानिमा, तत्कालिन नेपाल इन्भेष्टमेन्ट (हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंक), सिभिल बैंक र नबिल बैंकलाई कारावाही गरेको हो। यी बैंक तथा यसका प्रमूख कार्यकारी अधिकृतलाई सचेत गराइएको हो। माछापुच्छ्रे बैंकले पुँजी कोष पर्याप्तता अनुपातको यथार्थ विवरण पेश नगरेको, सानिमा बैंकले तत्कालिन प्रमूख कार्यकारी अधिकृतलाई थप…

Read More

जनक श्रेष्ठ लमजुङ । लमजुङ दोर्दी गाउँपालिकाभित्रका विद्यालयहरुमा बिहिबार शोक विदा दिइने भएको छ । पालिकाको वडा नं. ७ फलेनी लप्सीबोटस्थित जीवन अम्मर आधारभूत विद्यालयका प्रधानाध्यापक रोशन गुरुङको उपचारका क्रममा बुधबार निधन भएपछि शोक विदा दिने निर्णय गरिएको हो । दोर्दी गाउँपालिकाले एक शोक विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराइएको हो । दोर्दी गाउँपालिका युवराज अधिकारी र शिक्षा शाखा प्रमुख भिमप्रसाद लामिछानेद्वारा हस्ताक्षर गरिएको सो विज्ञप्तिमा गाउँपालिकाद्वारा गुरुङको उपचारका क्रममा निधनका कारण स्तब्ध भएको र शोकको यस दुःखद घडीमा मृतआत्मको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ । साथै परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनि प्रार्थना गर्दै…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता भएको छ । भेटवार्तामा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ । सोही बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने छ । उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकसमेत रहेका ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड आज बिहान ओली निवास बालकोट गएका थिए । सोही भेटवार्तामा बिहीबार राजनीतिक संयन्त्रको बैठक बोलाउने र राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्ने प्रधानमन्त्री प्रचण्डले बताए । राष्ट्रपति पदको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ ।

Read More

एजेन्सी । सिरियामा भग्नावशेषमुनि फसेकी एक गर्भवती महिलाले नवजात शिशुलाई जन्म दिएकी छन् । न्यूयोर्क टाइम्सले जनाए अनुसार उत्तरी सिरियामा एउटा घरको भग्नावशेषबाट एक नवजात शिशुलाई जिउँदै निकालिएको हो । सोमबार गएको भूकम्पमा परी आमाको मृत्यु भए पनि नवजात शिशुलाई भने आमाको नाभीमा बाँधिएको अवस्थामा उद्धार गरिएको र उनको अवस्था नाजुक रहेको बीबीसीले लेखेको छ । नवजात शिशुका बुवा, चार दाजुभाइ र एक काकीले भूकम्पमा ज्यान गुमाएका छन् ।

Read More

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाले पालिकाभित्रका किसानलाई कृषिमा आत्मनिर्भर बनाउन थालेको छ । पालिकाले कृषिमा आत्मनिर्भर बनाउन ७५ प्रतिशत अनुदानमा तरकारीको विउहरु वितरण गर्दै आएको छ । दोर्दी पालिकाको कृषि शाखाका कृषि प्राविधिक नरहरी घिमिरेका अनुसार पालिकाका किसानलाई यतिबेला उनीहरुको मागको आधारमा वर्खे तरकारीको विभिन्न प्रकारका विउहरु ७५ प्रतिशत पालिकाको अनुदानमा वितरण गरिरहेको छ । गाउँपालिकाको यस चालू आवमा स्वकृत वार्षिक कार्यक्रमअन्तर्गत १ देखि ९ नम्बर वडाकै किसानहरुलाई बर्खे तथा लहरे तरकारी बालीको विउ वितरण गरिरहेको उनको भनाई छ । ‘काक्रा, घिरौला, करेला,झिण्डी,तनेबोडी र गोलभेँडा कृषिक, कृषक समूह, फर्म तथा सहकारीहरुलाई सो अनुदानमा वितरण भइरहेको छ । कृषि प्राविधिक घिमिरेले…

Read More

एजेन्सी । टर्कीमा सोमबार गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या सात हजार नाघेको छ । अहिलेसम्म टर्कीमा पाँच हजार ८ सय ९४ जना र सिरियामा एक हजार ९ सय ३२ जना गरी सात हजार ८ सय २६ जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ । टर्कीमा आठ हजार भन्दा धेरै मानिसको भग्नावशेषबाट उद्धार गरेको र तीन लाख ८० हजार भन्दा धेरै मानिस घरबार विहीन भएर सरकारी शिविरमा रहेका बीबीसीले जनाएको छ । दुवै देशमा गरी २० हजार भन्दा धेरै मानिस घाइते भएको विवरण प्राप्त भएको र अस्पतालमा रहेका घाइतेहरुको विवरण सङ्कलन भैरहेको उद्धारमा संलग्न अधिकारीहरुले बताएका छन् ।…

Read More

काठमाडौं । डुम्रे बेसिशहर सडकखण्ड अन्तर्गत लमजुङको उदिपुरको सडकखण्ड स्तरोन्नति गरिने भएको छ । गत वर्षको वर्षायाममा खसेको पहिरोको कारण पटक–पटक सडक अबरुद्ध हुँदै आएको छ । अहिले सडकमा बेला बेला पहिरो खस्ने र पन्छाउँदै यातायात सञ्चालन गर्दै आइएको छ । उक्त सडकको मस्र्याङ्दी पारीबाट वैकल्पिक सडक निर्माण गरिने भएको हो । सडकको विषयलाई लिएर लमजुङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र नेकपा एमाले केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य जमीन्द्रमान घलेले उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायात व्यवस्था मन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा र सडक विभागका महानिर्देशक अर्जुनजंग…

Read More

काठमाडौं । सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिएको छ। सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले जग्गा प्राप्तिका लागि स्वीकृति दिने निर्णय गरेको हो। मंगलबार मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चर तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले वागमती बाँध आयोजनाको काम अघि बढाउन काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा रहेको १४ रोपनी जग्गा प्राप्ती गर्न स्वीकृति दिने, भारतमा आयोजना हुने नेपाल-भारत विद्युत व्यापार सम्झौता अन्तर्गतको संयुक्त कार्य समूह तथा संयुक्त सञ्चालक समितिको १० औं बैठकमा भाग लिन उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे नेतृत्वको…

Read More

काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ। ढाकामा मंगलबार सम्पन्न खेलमा भारतलाई ३–१ गोल अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो। नेपालको जितमा अन्जली चन्द, प्रिति राई र अमिषा कार्कीले एक–एक गोल गरे। भारतकी अपूर्ण नार्जारीले सान्त्वना गोल फर्काइन् ।यो जितसँगै नेपालले ३ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा रहेर फाइनलमा प्रवेश गरेको छ। पराजित हुनका बाबजुद भारत ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। उसको फाइनल पुग्ने सम्भावना कायमै छ।

Read More