Author: हाम्राे हेडलाइन

काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि पुससम्म अर्थात ६ महिनाको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार वैदेशिक व्यापार, आयात, निर्यात र व्यापारा घाटामा कमीआएको छ । ६ महिनामा ८ खर्ब ७३ अर्ब ४७ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो वर्षको ६ महिनाको तुलनामा झण्डै २२ प्रतिशतले कमी हो । त्यस्तै, ६ महिनामा सात खर्ब ९२ अर्ब ६६ करोड रुपैयाँको सामान विदेशबाट आयात भएको छ । यो अघिल्लो वर्षको ६ महिनाको तुुलनामा २० दशमलव ६८ प्रतिशतले कमी हो । यस्तै, नेपालले साउनदेखि पुससम्म ८० अर्ब ८० करोड  रुपैयाँको सामान निर्यात गरेको छ, यो अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशतले कमी…

Read More

काठमाडौं । स्याङ्जा गल्याङ नगरपालिकाका तत्कालिन नगरप्रमुख भूपराज अधिकारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वनगर प्रमुख अधिकारी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद पाण्डे, तत्कालीन बाली विकास अधिकृत अरविन्दमणि त्रिपाठी, तत्कालीन लेखापाल राजेन्द्र रेग्मी र तत्कालीन खरिदार सन्तोष कोइरालाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। गल्याङ नगरपालिकाका तत्कालीन नगर प्रमुख अधिकारीले दररेट निर्धारण समितिले अदुवाको बीउको दररेट तय गर्ने गरी गरेको सिफारिसमा मनासिव कारण बिना नै अस्वभाविकरुपमा दररेट थप गरी अदुवाको बीउको खरिद कार्य गरी नगरपालिकालाई थप व्ययभार पारी आपूर्तिकर्तालाई गैरकानूनी लाभ र गल्याङ नगरपालिकालाई गैरकानूनी हानी पुर्‍याउने कार्य गरी भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ।…

Read More

काठमाडौं । निर्मला कुर्मीलाई न्यायको माग गर्दै आन्दोलनमा रहेकी रुबी खानसहितका अधिकारकर्मी पक्राउ परेका छन् । उनीहरुलाई बबरमहलस्थित जिल्ला अदालत अगाडिको बाटो हुँदै सिंहदरबारतर्फ अघि बढ्दै गर्दा प्रहरीले पक्राउ गरेको हो । उनीहरुले निर्मलालाई बेपत्ता पारेको घटनाको अनुसन्धान गर्न र आरोपित बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै आएका छन् ।

Read More

काठमाडौं । सुनको भाउ हालसम्मकै उच्च भएको छ । सोमबार सुन चाँदीको भाउ बढेको छ । आइतबार तोलामा १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, तेजाबी सुनको भाउ पनि आज तोलामा ३ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

काठमाडौं । गण्डकी प्रदेश सरकारले पाँच मन्त्रालय घटाएको छ । प्रदेश सरकारले १२ बाट घटाएर ७ वटा मन्त्रालयको टुंगो लगाएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार सत्तारुढ दलका शीर्ष नेताहरूसँगको छलफलपछि १२ बाट घटाएर ७ वटा मन्त्रालयको टुंगो लगाए । यसअघि पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा १२ वटा मन्त्रालय बनाएका थिए ।

Read More

काठमाडौं । नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा दुई क्रिकेटरलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरुलाई पक्राउ गरेको हो । नेपाल टी–२० लिगमा फिक्सिङ भएको आशंका पछि सीआईबीले अनुसन्धान गरेको थियो । सीआईबीले लिगमा स्पट फिक्सिङ भएको प्रारम्भिक निष्कर्ष निकालिसकेको छ ।

Read More

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले फागुनभित्रै राष्ट्रपति निर्वाचन गराउन माग गरेको छ । नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको सोमबारको बैठकले चुनाव सारेर कामचलाउ राष्ट्रपतिले काम गर्ने अवस्था निर्माण नगर्न ध्यानाकर्षण गराएको हो । उसले फागुन मसान्तभित्र अनिवार्य राष्ट्रपति चुनाव गर्न माग गर्दै त्यसअघि संविधान र कानुनमा रहेका फरक हटाइसक्न सरकारको ध्यानाकर्षण गराएको हो ।

Read More

एजेन्सी । अमेरिकाको लस एञ्जल्समा बन्दुकधारीको गोली प्रहार गर्दा १० जनाको मृत्यु भएको छ । चिनियाँ नयाँ वर्षको अवसरमा मोन्टेरे पार्क क्षेत्रमा भएको एउटा मनोरञ्जनात्मक कार्यक्रमा गोली चलेको हो । गोली हान्ने फरार छन् र उनले गोली हान्नुको कारण खुलेको छैन । अमेरिकी सुरक्षा अधिकारीहरुले भिडियोमा गोली हान्ने मानिस देखिएको र उसको पहिचान र खोजबिनको काम भइरहेको बताएका छन् ।

Read More

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ संविधान अन्तर्गत अहिले देश नयाँ राष्ट्रिय एकताको प्रक्रियामा रहेको बताएका छन् । आइतबार २८५९ औं सोनाम ल्होछार पर्वको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा शुभकामना दिँदै उनले नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक विविधता भएको राष्ट्र भएको र यी सबै राष्ट्रिय संस्कृति, पर्वको समुच्चमा नै नेपालको राष्ट्रिय संस्कृति रहेको बताए । प्रधानमन्त्री प्रचण्डले भने “नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक विविधता भएको राष्ट्र हो। यी राष्ट्रिय संस्कृतिको पर्व नै नेपालका राष्ट्रिय संस्कृति हुन्। विगतमा नेपालमा एउटै जात, भाषा, संस्कृतको वर्चश्व कायम गर्ने र नेपालको इतिहासमा परापूर्वकालदेखि विकसित हुँदै आएको राष्ट्रियता, राष्ट्रिय संस्कृति,…

Read More

धरान । धरान उपमहानगरपालिकाको वडा नम्बर ५ देउरालीमा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना भत्काइएको छ। धरान–५ को खारखोला र अधेरी खोलाको संगमस्थलमा मुना चौधरी लिम्बुले सार्वजनिक जग्गा अतिक्रमण गरेर एक तले पक्की घर निर्माण गरेको भन्दै धरान उपमहानगरपालिकाले आइतबार बिहान त्यहाँ बनेका संरचना भत्काएको हो। नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षामा उपमहानगरपालिकाको टोलीले अवैध संरचना भत्काएको हो। उपमहानगरपालिकाले पटक पटक सूचना टाँस गरे पनि अटेर गरेपछि संरचना भत्काउनु परेको नगर प्रमुख हर्कराज राईले जानकारी दिए । घर भत्काउने क्रममा केहीबेर स्थानीय र प्रहरीको झडप भएको थियो।

Read More