काठमाडौं। काठमाडौं महानगरपालिकाले लाजिम्पाटस्थित एक रेस्टुरेन्टमा ताला लगाएको छ। वडा नम्बर ३ मा रहेको फो–९९ रेस्टुरेन्टमा बिक्री गरिएको मःममा साङ्ला भेटिएको गुनासोपछि महानगरको टोलीले बिहीबार अनुगमन गरेको थियो। अनुगमनका क्रममा उक्त रेस्टुरेन्टमा अखाद्य वस्तुहरू भेटिएपछि ताला लगाइएको महानगरले जनाएको छ।
महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख राम प्रसाद पौडेलका अनुसार बुधबार एक ग्राहकले मःम साङ्ला भेटिएको गुनासो गरेपछि आज अनुगमन गरिएको थियो।