काठमाडौं । दशैंका लागि साढे ३ लाख यात्रु काठमाडौं उपत्यका छाडेका छन्। आइतबार घटस्थापनादेखि बिहीबार बिहानसम्म साढे ३ लाख मानिसले काठमाडौं छाडेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । काठमाडौं उपत्यकाका चार वटा नाकाबाट मानिसहरू बाहिरिएका छन्। नागढुंगा, जगाती, फर्पिङ र मुर्खु हुँदै मानिसहरू दसैं मनाउन घर फर्किएका हुन्।