काठमाडौं । झगडिया पाइलटलाई उडान गर्न अनुमति दिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछाप विमानस्थल प्रमुख अशोक थापालाई समेत निलम्बन गरेको छ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दुई पाइलटबीच हात हालाहालको अवस्था आइसकेपछि तनावमा रहेका पाइलटबाट हवाई उड्डयनमै सुरक्षा चुनौती हुने गरी अनुमति दिइएको भन्दै थापालाई निलम्बन गरिएको हो ।
तारा एयरका वरिष्ठ क्याप्टेन सञ्जीव श्रेष्ठ र सन्तोष साहबीच शुक्रबार बिहान रामेछाप विमानस्थलमा झगडा भएको थियो । झगडापछि प्राधिरकणले दुबै पाइलटको लाइसेन्स निलम्बन गरेर उडानमा रोक लगाएको छ ।