काठमाडौं । काठमाडौंबाट बेपत्ता युवतीको हत्या भएको खुलेको छ । गत माघ २२ गतेदेखि सम्पर्कविहीन कक्षा १२ मा अध्ययनरत् सुस्मा लामाको शव तारेभिरको जंगलबाट उत्खनन् गरिएको प्रहरीले जनाएको छ ।
लामाको हात खुट्टा बाँधेको अवस्थामा शव भेटिएको हो । घटना शंकास्पद देखिएपछि प्रहरीले सोधपुछ र प्राविधिक जाँच थालेको छ । यसअघि लामाको परिवारले उनको खोजतलासका लागि भन्दै प्रहरी वृत्त, बौद्धमा निवेदन दिएको थियो ।