काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकाको पर्यटन प्रवद्र्धनको लागि मर्स्याङ्दी नदी (वडा न ४) मा र्याफ्टिङको सम्भाव्यता अध्यन गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानसहितको पदाधिकारीहरु स्थलगत रुपमा उक्त व्यवसाय सञ्चालनको लागि स्थलगत निरीक्षणका साथै सोही स्थलमा र्याफ्टिङ गरिएको थियो ।
पर्यटक लोभ्याउने तथा मनोरञ्जनको हिसावले निकै महत्वपूर्ण व्यवसाय र्याफ्टिङ व्यवसाय प्रवर्द्धनको लागि छिटैनै सो स्थलमा कार्यक्रम सञ्चालन गरिने अध्यक्षले बताए ।