काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गाउँपालिकाका उपाध्यक्ष रविन साम्रा लिम्बुका बुबा आमासहित ४ जनाको पहिरोमा परेर मृत्यु भएको छ ।
उपाध्यक्षका बुबा ६९ वर्षीय रामबहादुर लिम्बू सौतेनी आमा जसमाया र जुम्ल्याहा बहिनी ९ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो । राती २ बजे तिर पहिरो खसेको थियो । सुतिरहेका उनीहरुलाई पहिरोले पुरेको हो । ४० वर्षीया युगेन लिम्बू र तीन वर्षीय छोरी घाइते भएका छन् ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रबिन्द्र प्रसाद आचार्यका अनुसार राती २ बजे पहिरो खसेका कारण घरमै पुरिएका हुन् । उनले घटनास्थलमा प्रहरी पुगेर क्षतिको विवरण संकलन गरिरहेको बताए । पहिरोले अन्य दुई वटा घरहरू समेत पूर्ण रुपमा क्षति भएको र एउटा घरमा आंशिक क्षति पुगेको उनले जानकारी दिए ।